Connect with us

अर्थ

रुकुम पश्चिममा १२ मध्ये नौ उम्मेदवारको जमानत जफत

Published

on

रुकुम पश्चिमका १२ मध्ये नौ उम्मेदवारको जमानत जफत भएको छ ।

यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ (१) बमोजिम कूल सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसकेपछि नौ उम्मेवादरको धरौटी जफत भएको हो । कूल सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसकेपछि नौ उम्मेदवारको जमानत जफत भएको सहायक निर्वाचन अधिकृत मन्दिरा शाहीले जानकारी दिएका छन्।

जिल्लामा ६२ हजार ९६७ मत खसेकामा कूल ५९ हजार ५२३ मत सदर भएको छ । यसको १० प्रतिशत अर्थात् पाँच हजार ९५३ मत ल्याउन नसक्दा नौ उम्मेदवारको जमानत जफत भएको हो । जमानत (धरौटी) जफत हुनेमा राष्ट्रिय स्वतन्त्र पार्टीका मानबहादुर शाही, नेकपा (एमाले) का नन्दराम देवकोटा, नेकपा (माओवादी) का चन्द्रबहादुर बुढा, राष्ट्रिय प्रजातन्त्र पार्टीका गोपाल खड्का, राष्ट्रिय जनमोर्चाका सत्यनारायण श्रेष्ठ, उज्यालो नेपाल पार्टीका नरेन्द्र केसी, नेकपा (संयुक्त) का शेरबहादुर केसी, आम जनता पार्टीकी प्रेमा दमाई नेपाली र नेपाल मजदुर किसान पार्टीका धनबहादुर बिक छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका शाहीले चार हजार ७६, नेकपा (एमाले) का देवकोटाले एक हजार ८६९, नेकपा (माओवादी) का बुढाले ३६६, राष्ट्रिय प्रजातन्त्र पार्टीका खड्काले २२८, राष्ट्रिय जनमोर्चाका श्रेष्ठले १७०, उज्यालो नेपाल पार्टीका केसीले ८४, नेकपा (संयुक्त) का केसीले ५४, आमजनता पार्टीका नेपालीले ४५ र नेपाल मजदुर किसान पार्टीका बिकले १५ मत प्राप्त गरेका थिए ।

रुकुम पश्चिमबाट विजयी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का गोपाल शर्माले २१ हजार ६०९, नेपाली कांग्रेसका उम्मेदवार राजु केसीले १६ हजार ६६१ र प्रगतिशिल लोकतान्त्रिक पार्टी उम्मेदवार जनार्दन शर्माले १४ हजार ३४६ मत ल्याएका थिए । निर्वाचन ऐनको दफा ७० (१) अनुसार प्रत्यक्ष निर्वाचनमा सहभागी उम्मेदवारले १० हजार रुपैयाँ धरौटी राख्नुपर्ने व्यवस्था छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.