पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् । आज बिहीबार (चैत १९) बिहान उनलाई काठमाडौंको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको छ ।
नियमित जाँचका निम्ति उनलाई अस्पताल भर्ना गरिएको सुरक्षा स्रोतले जनाएको छ । “बिहान ८ बजे भर्ना हुनुभएको हो,” स्रोतको भनाइ छ,, “पेसमेकर परिवर्तन गर्न उहाँ भर्ना हुनुभएको हो ।”
हाल शाहलाई निगरानीका निम्ति अस्पतालको २००० नम्बर बेडमा राखिएको स्रोतले जनाएको छ । “अब्जर्भेसनपछि भने ५०१ नम्बर बेड बुक गरिएको छ,” स्रोतले भन्यो, “उहाँको पेसमेकर डा. यादव भट्ट नेतृत्वको टिमले परिवर्तन गरेको छ ।”