Connect with us

समसामयिक

पुल बगाउँदा भोजपुर–चखेवा सडक बन्द

Published

on

भारी वर्षासँगै आएको बाढीले पुल बगाउँदा भोजपुर–चखेवा सडक पूर्णरूपमा बन्द भएको छ । भोजपुर नगरपालिका–५, बोखिमस्थित चाल्से खोल्सामा शनिबार राति आएको बाढीले मोटरेबल पुल बगाएपछि उक्त सडक खण्डमा यातायात सेवा ठप्प बनेको हो ।
बहाव तीव्र भएका कारण बाढीले पुल बगाएको स्थानीयले बताएका छन् । पुल बगेसँगै मध्यपहाडी लोकमार्गसँग जोडिने यो सडक खण्ड अवरुद्ध हुँदा दैनिक आवतजावतमा समस्या भएको छ । उक्त सडक बन्द भएपछि स्थानीय उत्पादन बजारसम्म पुर्याउन समस्या भएको छ । सडक अवरुद्ध हुँदा स्थानीयवासी प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । बिरामी ओसारपसार, विद्यालय जानआउन तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको भोजपुर नगरपालिका–५ का वडाध्यक्ष फविन्द्र प्रधानले जानकारी दिए । “बाढीले पुल बगाएपछि वैकल्पिक उपाय खोज्दै छौँ, अस्थायी रूपमा सडक सञ्चालन गर्ने प्रयासमा छौँ”, उनले भने ।
सडक डिभिजन कार्यालय तुम्लिङटारले प्राविधिक टोली खटाएको जनाएको छ । टोलीले क्षतिको स्थलगत अध्ययन गरिरहेको र अस्थायी रूपमा सडक सञ्चालन गर्ने विकल्पबारे छलफल गरिरहेको छ । डोजर तथा अन्य उपकरण प्रयोग गरी सडक मर्मत तथा वैकल्पिक बाटो निर्माणको प्रयास भइरहेको छ ।

Continue Reading

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.