Connect with us

समसामयिक

लागुऔषधसहित विभिन्न स्थानबाट एकचालिस जना पक्राउ

Published

on

नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट ४१ जनालाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–३२ जडीबुटीबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने १३० थान ट्रामाडोल ट्याब्लेट नगद  ६८ हजार २०० सहित एक जना किशोरलाई पक्राउ गरिएको छ ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार कैलालीको टीकापुर नगरपालिका–१ बाट एक, घोडाघोडी नगरपालिका–१० पहलमानपुरबाट दुई, वीरेन्द्रनगर नगरपालिका–८ सिम्ताली चोकबाट दुई, कपिलवस्तुको बुद्धभूमि नगरपालिका–९ बाट एक, सुनसरीको इनरुवा नगरपालिका–४ बसचोकबाट दुई र दाङको घोराही उपमहानगरपालिका–१५ भानुचोकबाट दुई जनालाई खैरो हेरोइनसहित पक्राउ गरिएको हो ।
अभियुक्त शनिबार पक्राउ परेका हुन् । उनीहरुबाट नगद र लागुऔषध जोख्न प्रयोग हुने तराजुसमेत बरामद गरिएको छ । यसैगरी, काठमाडौँ महानगरपालिका–४ सुकेधाराबाट खैरो हेरोइनसहित एक, बल्खुचोकबाट दुई जनालाई ९९८ थान ट्रामाडोल ट्याब्लेट र १६ हजार ५०० नगदसहित पक्राउ गरिएको छ ।
इलामको सूर्योदय नगरपालिका–११ कालापानीबाट दुई, झापाको भद्रपुर नगरपालिका–५ बाट नौ, शिवसताक्षी नगरपालिका–१ बाट दुई, कञ्चनपुरको वेदकोट नगरपालिका–८ बाट दुई, भिमदत्त नगरपालिका–११ गड्डाचौकीबाट दुई, रुपन्देहीको बुटवल उपमहानगरपालिका–१५ गोब्रैयाबाट दुई, सैनामैना नगरपालिका–५ बुद्धनगरबाट एकजनालाई पक्राउ गरिएको हो ।
यसैगरी, विराटनगर महानगरपालिका–१५ बाट एक, रुकुमपश्चिमको त्रिवेणी गाउँपालिाका–२ बिसौनीबाट एक, दाङको घोराही उपमहानगरपालिका–५ बाट शीतलपुरबाट एक, बर्दियाको बढैयाताल गाउँपालिका–६ रानीपुरबाट चार जना, पोखरा महानगरपालिका–५ प्रस्याङबाट दुई र धनुषाको गणेशमान चारनाथ नगरपालिका–२ राधापुरबाट एक जनालाई चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने २५० थान नाइट्राजेपाम ट्याब्लेटसहित एक जनालाई पक्राउ गरिएको जनाइएको छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.