Connect with us

अन्तर्राष्ट्रिय

युरोपेली संघले पनि अमेरिकालाई कर लगाउने

Published

on

युरोपेली संघ (ईयू) ले अमेरिकी सामानहरूमा पनि बदलास्वरूप कर लगाउने बताएको छ ।

युरोपेली संघले सबै स्टील र आल्मुनियम आयातमा अमेरिकी करको जवाफमा २६ अर्ब युरो (२१.९ अर्ब पाउण्ड, २८.३ अर्ब डलर) मूल्यका अमेरिकी सामानहरूमा प्रतिशोधात्मक कर लगाउने बताएको छ ।

ईयू अध्यक्ष उर्सुला भोन डेर लेयनले भनेकी छन्- ‘हामी अर्थपूर्ण वार्तामा संलग्न हुन तयार छौं । मैले व्यापार आयुक्त मारोस सेकोभिकलाई राम्रो समाधान खोज्न संयुक्त राज्य अमेरिकासँगको हाम्रो वार्ता पुनः सुरु गर्ने जिम्मेवारी दिएको छु । शुल्क भनेको कर हो । शुल्क व्यवसायको लागि हानिकारक हुन्छ, उपभोक्ताहरूको लागि अझ खराब हुन्छ । यी शुल्कहरूले आपूर्ति शृङ्खलालाई बाधा पुर्‍याइरहेका छन् । शुल्कले अर्थतन्त्रमा अनिश्चितता ल्याउँछ । ईयूले उपभोक्ता र व्यवसायको सुरक्षा गर्न कदम चाल्नुपर्छ । आज हामीले लिइरहेका प्रतिरोधात्मक उपायहरू कठिन छन्, तर उपयुक्त छन् ।’

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इयुबाट आयात हुने स्टिल र आल्मुनियममा २५ प्रतिशत कर लगाएका थिए । अब ईयूले पनि अमेरिकालाई सोहि बमोजिम बदलास्वरूप कर लगाउने भएको छ । 


Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.