प्रहरीले सन्तोष रानाभाटलाई ३८औँ पटक पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले तनहुँ ऋषिगंगा गाउँपालिका–५, रामजाकोटका ३९ वर्षीय रानाभाटलाई ३८औँ पटक पक्राउ गरेको हो । कार्यालयका एसपी रामेश्वर कार्कीका अनुसार रानाभाटलाई चोरी कसुरमा हिजो मंगलबार पक्राउ गरिएको हो ।
पक्राउ परेका रानाभाटबाट प्रहरीले सुनका गरगहना ८८० ग्राम, चाँदीका गहना ३१७, धातुको सिक्काहरू १९ थान, विभिन्न कम्पनीका घडीहरू ५ थान, मोबाइल दुई तथा खुकुरी र फलामको रडसमेत बरामद गरेको छ । वैशाख १४ गते काठमाडौंको टोखा जागरण टोलको एक घरमा भएको चोरी घटनाको अनुसन्धानका क्रममा रानाभाटको संलग्नता खुलेपछि रानाभाटलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरी अनुसन्धानका क्रममा रानाभाटले नै गएको चैत ११ मा काठमाडौंको सचेतनामार्ग र वैशाख ८ गते कालोपुलको घरहरूमा समेच चोरी गरेको खुलेको छ । रानाभाट ‘पेसेवर चोर’ भएको पनि प्रहरी अनुसन्धानबाट खुलेको छ ।
प्रहरीले रानाभाटलाई यसअघि ३७ पटक पक्राउ गरेको पाइएको छ । जसमध्ये १३ पटक चोरी कसुरमा मुद्दा चलाइसकेको छ । ३७ पटक पक्राउ परेका रानाभाटलाई १७ पटक जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको खुलेको हो । यसरी नै ६ पटक जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले पक्राउ गरेको खुलेको छ ।
पर्सा प्रहरीले पनि उनीमाथि २०६९ वैशाख २७ मा लागुऔषध मुद्दा चलाएको खुलेको छ । रानाभाटमाथि प्रहरीले २२ पटक अभद्र कसुर, एकपटक लागुऔषध मुद्दा र एकपटक हातहतियार खरखजना मुद्दा दर्ता गरेको खुलेको छ ।
प्रहरीको अनुसन्धानमा उनी समूह बनाएर भन्दा पनि एक्लै चोरी गर्दै हिँड्ने गरेको खुलेको छ । विभिन्न ठाउँ पैदल हिँडेर पुग्ने रानाभाटले घरमा मान्छे नभएको मौका छोपेर चोरी गर्ने गरेको प्रहरीको भनाइ छ ।
रानाभाट पक्राउ र मुद्दा दर्ता मिति
१. मिति २०६१।०२।२१ गते काठमाडौं प्रहरी परिसरमा अभद्र मुद्दा दर्ता ।
२. मिति २०६१।०९।०७ गते काठमाडौं प्रहरी परिसरमा अभद्र मुद्दा दर्ता ।
३. मिति २०६२।०५।०६ गते काठमाडौं प्रहरी परिसरमा अभद्र मुद्दा दर्ता ।
४. मिति २०६२।०६।१३ गते काठमाडौं प्रहरी परिसरमा अभद्र मुद्दा दर्ता ।
५. मिति २०६३।०२।०९ गते काठमाडौं प्रहरी परिसरमा अभद्र मुद्दा दर्ता ।
६. मिति २०६३।०३।२९ गते काठमाडौं प्रहरी परिसरमा चोरी मुद्दा दर्ता ।
७. मिति २०६३।०४।१० गते काठमाडौं प्रहरी परिसरमा हातहतियार खरखजना मुद्दा दर्ता ।
८. मिति २०६३।१०।०३ गते काठमाडौंं प्रहरी परिसरमा चोरी मुद्दा दर्ता ।
९. मिति २०६३।११।१५ गते काठमाडौं प्रहरी परिसरमा अभद्र मुद्दा दर्ता ।
१०. मिति २०६४।०१।२१ गते काठमाडौं प्रहरी परिसरमा अभद्र मुद्दा दर्ता ।
११. मिति २०६५।०६।०१ गते काठमाडौं प्रहरी परिसरमा अभद्र मुद्दा दर्ता ।
१२. मिति २०६५।०९।०३ गते काठमाडौं प्रहरी परिसरमा चोरी मुद्दा दर्ता ।
१३. मिति २०६६।०५।०२ गते काठमाडौं प्रहरी परिसरमा चोरी मुद्दा दर्ता ।
१४. मिति २०६६।१२।०१ गते काठमाडौं प्रहरी परिसरमा अभद्र मुद्दा दर्ता ।
१५. मिति २०६७।०५।२० गते काठमाडौं प्रहरी परिसरमा अभद्र मुद्दा दर्ता ।
१६. मिति २०६७।०७।२९ गते काठमाडौं प्रहरी परिसरमा अभद्र मुद्दा दर्ता ।
१७. मिति २०६७।०९।२८ गते काठमाडौं प्रहरी परिसरमा अभद्र मुद्दा दर्ता ।
१८. मिति २०६८।०१।०२ गते प्रहरी बृत्त कालिमाटीमा अभद्र मुद्दा दर्ता ।
१९. मिति २०६८।०२।२४ गते काठमाडौं प्रहरी परिसरमा चोरी मुद्दा दर्ता ।
२०. मिति २०६८।०७।१६ गते प्रहरी बृत्त कालिमाटीमा अभद्र मुद्दा दर्ता ।
२१. मिति २०६८।०८।१६ गते जिल्ला प्रहरी परिसर ललितपुरमा अभद्र मुद्दा दर्ता ।
२२. मिति २०६९।०१।२७ गते जिल्ला प्रहरी कार्यालय पर्सामा लागुऔषध मुद्दा दर्ता ।
२३. मिति २०६९।०६।१६ गते जिल्ला प्रहरी परिसर ललितपुरमा चोरी मुद्दा दर्ता ।
२४. मिति २०६९।०९।०८ गते प्रहरी बृत्त कालिमाटीमा अभद्र मुद्दा दर्ता ।
२५. मिति २०७०।०३।१६ गते जिल्ला प्रहरी परिसर ललितपुरमा अभद्र मुद्दा दर्ता ।
२६. मिति २०७०।०४।०३ गते जिल्ला प्रहरी परिसर ललितपुरमा चोरी मुद्दा दर्ता ।
२७. मिति २०७१।०१।०२ गते प्रहरी बृत्त गौशालामा चोरी मुद्दा दर्ता ।
२८. मिति २०७१।०४।२२ गते काठमाडौं प्रहरी परिसरमा अभद्र मुद्दा दर्ता ।
२९. मिति २०७१।१२।१२ गते काठमाडौं प्रहरी परिसरमा अभद्र मुद्दा दर्ता ।
३०. मिति २०७२।०३।०७ गते प्रहरी बृत्त कालिमाटीमा अभद्र मुद्दा दर्ता ।
३१. मिति २०७२।०४।२६ गते प्रहरी बृत्त जनसेवामा अभद्र मुद्दा दर्ता ।
३२. मिति २०७२।०६।११ गते प्रहरी बृत्त लैनचैरमा चोरी मुद्दा दर्ता ।
३३. मिति २०७३।०९।०६ गते प्रहरी बृत्त स्वयम्भूमा चोरी मुद्दा दर्ता ।
३४. मिति २०७९।०१।११ गते जिल्ला प्रहरी परिसर ललितपुरमा अभद्र मुद्दा दर्ता ।
३५. मिति २०७९।०९।२१ गते प्रहरी बृत्त लैनचैरमा चोरी मुद्दा दर्ता ।
३६. मिति २०८०।०१।२४ गते प्रहरी बृत्त स्वयम्भुमा अभद्र मुद्दा दर्ता ।
३७. मिति २०८०।०५।३१ गते जिल्ला प्रहरी परिसर ललितपुरमा चोरी मुद्दा दर्ता ।
३८. मिति २०८३ ।०१।१५ गते अपराध अनुसन्धान महाशाखा काठमाडौंबाट पक्राउ ।