Connect with us

राजनीति

ज्ञानेन्द्र शाहीले रघु पन्तलाई भने, ‘तपाइको मुखमा राक्षसको बास रै’छ’

Published

on

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्रबहादुर शाहीले नेकपा एमाले नेता रघुजी पन्त माथी प्रश्न गरेका छन् ।

पुर्वराजा वीरेन्द्रले वेश्यावृति गरेको भन्ने कुरा पन्तले भनेको भन्दै पन्तको ‘मुखमा राक्षसको बास बस्ने’ गम्भिर आरोप लगाएका छन् ।

‘३ करोड नेपालीका प्रिय स्वर्गीय राजा वीरेन्द्रलाई हुँदै नभएको झुटो आरोप लगाएर तपाईँहरूको लुटतन्त्र कहिलेसम्म बचाउनुहुन्छ ?’ उनले प्रश्न गर्दै शाहीले भनेका छन, ‘सन् १९४६ मा जवाहरलाल नेहरु भारतीय प्रधानमन्त्री हुँदा राजा वीरेन्द्र शाह एक वर्षको हुनुहुन्थ्यो, एक वर्षको मान्छेले भारतको कलकत्तामा वेश्यावृद्धि गर्यो भन्दै आरोप लगाउने तपाईंका मुखहरुमा सायद राक्षसले बास गर्छन ।’

शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुसी बनाउनका लागि उक्त कुरा बोलेको पनि जनाएका छन । ‘माननीय रघुजी पन्तजीलाई मेरो अनुरोध निगाहमा पाएको सांसद पद जोगाउन कति लुटतन्त्रको र प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको चाप्लुसी गरेको ?’ नेपाली जनता तपाईंहरूको लुटतन्त्रको पक्षमा छैनन्। केही सीमित आसेपासे लुटतन्त्रमा सहभागी रस चुसेका चुसेराहरू मात्रै तपाईंको पक्षमा छन्।’

केही दिन अघि राजा बिरेन्द्र शाहले बेश्यावृति गरेकाे भन्दै संसदमा केही प्रसङ्ग बाेले पछि शाहीले सामाजिक सञ्जालबाट जवाफ दिएका हुन् । 

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.