Connect with us

राजनीति

प्रधान न्यायाधीशमा शर्माको नाम सिफारिस

Published

on

संवैधानिक परिषद्को बैठकले प्रधान न्यायाधीशमा सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मालाई सिफारिस गरेको छ ।
प्रधानमन्त्री तथा संवैधानिक परिषद्का अध्यक्ष वालेन्द्र शाहको अध्यक्षतामा आज बसेको बैठकले शर्मालाई प्रधान न्यायाधीशमा सिफारिस गरेको हो ।  बैठकपछि सभामुख डोलप्रसाद अर्यालले भावी प्रधान न्यायाधीशमा शर्माको नाम सिफारिस भएको जानकारी दिए ।
परिषद्ले सिफारिस गरेपछि संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरी राष्ट्रपतिले नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ । नियुक्तिपछि शर्मा ३३औं प्रधान न्यायाधीश बन्नेछन्।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.