Connect with us

राजनीति

मधेसी मोर्चाको नेतृत्वमा उपेन्द्र अस्वीकार्य, ठुलो दलका नाताले सिकेको दाबी

Published

on

संघीय लोकतािन्त्रक मोर्चाको भावी नेतृत्वमा जनमत पार्टीका अध्यक्ष सिके राउतले दाबी गरेका छन् ।

तराइ मधेस केन्द्रित दल मध्ये संसदको सबैभन्दा ठुलो दलको हैसियतले राउतले दावी गरेका हुन् । उनले आलोपालो अध्यक्षता नगरेर मोर्चाको नेतृत्व गर्नै परेको खण्डमा संसदको सबैभन्दा ठुलो दलको नाताले जनमतले पाउनु पर्ने दावी प्रस्तुत गरेका हुन् ।

मोर्चाको नेतृत्वलाई बहस चलिरहदाँ अध्यक्ष राउतले ६ दल मध्ये आफ्नो दल ठुलो भएको तथ्यांकसमेत प्रस्तुत गरेका छन् । उनले भनेका छन, ‘यस मोर्चामा सबै भन्दा ठूलो दल जनमत पार्टी (६) हो। त्यसपछि जसपा नेपाल (५), नागरिक उन्मुक्ति पार्टी (४), लोसपा (४ं), तमलोपा,  जनता प्रगतिशील पार्टी, राष्ट्रिय मुक्ति पार्टी रहेका छन्, नेतृत्त्व लिनै परे सबभन्दा ठूलो दल जनमत पार्टी (६) ले लिनेछ। 

मोर्चा विषयमा भ्रमपूर्ण जानकारी बारे स्पष्टीकरण दिँदे उनले लेखेका छन्ः

मोर्चाको विषयमा अझै पनि दस्तावेज तैयार हुँदैछ। अहिलेसम्म अनुसारस् मोर्चाको नाम ‘संघीय लोकतान्त्रिक मोर्चा’ हुनेछ। कोही अध्यक्ष हुने छैनन्, चक्रिय प्रणाली अनुसार बैठक सबै पार्टीले राख्ने र सोदिन सोही दलको अध्यक्षले मोर्चाको अध्यक्षता गर्ने भन्ने छ। अरू दल पनि जोडिन सक्छन्, भएको दल जतिखेर पनि छोड्न स्वतन्त्र हुनेछ। अहिलेको राजनैतिक परिवेशको फायदा उठाएर संघीयता र पाएको अधिकार पनि गुम्ने खतरा ठूला दलहरूबाट देखिँदा यस मोर्चाको गठन (लूज एलायन्स) को रूपमा अधिकारको रक्षा र आन्दोलनको प्रयोजनको लागि गर्नु परेको हो, चुनावको लागि होइन। जस्तै अरू ठूला दलहरूले गणतन्त्रको रक्षा गर्ने भन्छ तर संघीयताको रक्षा गर्ने कसैले चुइक्क बोल्दैनन्, समानुपातिक समावेशिता खारेज गर्ने कुरा गर्छन् । 

काँग्रेस र एमाले मिलेर गठबन्धन बनाउन हुने, संघीयता पक्षधरहरू गठबन्धन बनाउन नहुने भन्ने कुरा हुँदैन। अर्को मोर्चा बन्दा काँग्रेस, एमाले र माओवादी पक्षधरहरूलाई यो कुरा नराम्रो लाग्नु स्वभाविक नै हो किनकि उनीहरू त हामीलाई जतिखेर पनि खण्डित राखेरै राज गर्न चाहन्छन्। 

यस मोर्चामा सबै भन्दा ठूलो दल जनमत पार्टी (६) हो। त्यसपछि जसपा नेपाल (५), नागरिक उन्मुक्ति पार्टी (४), लोसपा (४ं), तमलोपा,  जनता प्रगतिशील पार्टी, रा्ष्ट्रिय मुक्ति पार्टी रहेका छन्, नेतृत्त्व लिनै परे सबभन्दा ठूलो दल जनमत पार्टी (६) ले लिनेछ।  

केही पत्रकार महोदयहरूमा अनुरोध, पार्टीको नाम उल्लेख गर्दा कम्तीमा कुन पार्टीको कति सीट हो, त्यस आधारमा गर्ने गर्नुस्, आफ्नो मानसिकताको आधारमा होइन।
 


Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.