Connect with us

राजनीति

संघीय संसदका तीन समितिका बैठक बस्दै

Published

on

संघीय संसद अन्तर्गतका ३ वटा समितिको बैठक बस्दैछ । संघीय संसद सचिवालय सिंहदरबार परिसरमा उक्त बैठक बस्ने जनाइएको छ।

जसअनुसार कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ः०० बजे बस्नेछ । जुन बैठकमा कानुन, न्याय तथा मानव अधिकार समितिको मस्यौंदा बार्षिक प्रतिबेदन, २०८१/८२  माथी छलफल हुनेछ ।

उता, राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भने संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० का सम्बन्धमा गठित उपसमितिको प्रतिवेदन माथि छलफल हुने जनाइएको छ। जुन बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ ।

साथै, विधायन व्यवस्थापन समितिको बैठक भने दिउँसो १ः०० बजेवाट सुरू हुनेछ । जुन बैठकमा संविधान अनुसार बन्न बाँकी कानूनहरूको सम्बन्धमा छलफल हुने जनाइएको छ।


Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.