Connect with us

राजनीति

संघीय संसद अन्तर्गतका ४ समितिको बैठक बस्दै

Published

on

 संघीय संसद अन्तर्गतका ४ वटा समितिको बैठक बस्दैछ । संघीय संसद सचिवालय, सिंहदरवार परिसरमा उक्त बैठक बस्नेछ । 

जसअनुसार अर्थ समितिको बैठकमा बिहान ११ः०० बजेवाट सुरू हुनेछ । जुन बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयकमाथि दफावार छलफल हुनेछ ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सौर्य एयरलाइन्स दुर्घटना जाँचबुझको अन्तिम प्रतिवेदन माथि छलफल हुनेछ । यो बिहान ८ः३० बजेवाट सुरू हुनेछ ।

विधायन व्यवस्थापन समितिको बैठकमा नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ । जुन बैठक बिहान ११ः३० बजे बोलाइएको  छ।

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक भने बिहान ११ः३० बजेवाट सुरू हुनेछ । जुन बैठकमा रक्षा मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवको आयोजनाहरुको कार्यान्वयन प्रगति अवस्था, समस्या, समस्या समाधानको लागि भएका प्रयासका बारेमा छलफल गरिने भएको छ। 
 

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.