Connect with us

राजनीति

विराटनगर एमालेमा ओली पक्षधर क्लिन स्विप, ढकाल समूह विजयी

Published

on

नेकपा एमाले विराटनगर अधिवेशनमा अध्यक्ष केपी ओली पक्षधर पदाधिकारीमा क्लिन स्विप भएको छ ।

हिजो राती सम्पन्न निर्वाचनमा ओली पक्षधरका उम्मेदवार रोहित कोइरालालाई पराजित गर्दै बलराम गिरी नवीनको प्यानल नै विजयी भएको हो ।

सो निर्वाचनमा १७३ मतका साथ संस्थापन इत्तरका गिरी १७३ मतका साथ अध्यक्षमा विजयी भएका हुन भने उनका प्रतिस्पर्धी रोहित कोइरालाले १२१ मत सिमित भएका छन् । गिरीलाई संस्थापन इत्तरका विनोद ढकाल समूहले उम्मेदवार बनाएको थियो । 

सदस्यहरु सर्वसम्मत निर्वाचित भए पनि अधिवेशनमा ओली पक्षधर संस्थापन समूहबाट एक जना पनि पदाधिकारीमा निर्वाचित हुन नसकेको बिराटनगर एमालेका एक नेताले बताए ।
 
जसअनुसार उपाध्यक्षमा ढकाल पक्षका सुरज न्यौपाने १४५ मतका साथ बिजयी हुदाँ ओली पक्षधर राम पोखरेल भने १३६ मतमा सिमित भएका थिए भने सचिवमा विज्ञान चापागाईंले १८३ मत ल्याउँदा ओली पक्षधरका नवराज काफ्ले भने १०४ मा सिमित भएका थिए ।

उता, ओली पक्षधरका उप सचिव उम्मेदवार चन्द्र शेखर विश्वासले ९८ मत ल्याउँदा झन्डै दोब्बर अर्थात १७८ मतका साथ हमिद आजाद बिजयी भएका थिए ।  

साथै, ओली पक्षधरका कला डाँगी १११ मतमा मात्रै पाउँदै संस्थापन इत्तरका हिमा मैनाली पोखरेल १६९ मत ल्याएर बिजयी भइन् । 

सदस्य भने सर्वसम्मत रूपमा चयन गरिएको थियो । यसअघि मोरङ जिल्ला कमिटीमा पनि ओली पक्षका उम्मेदवार पराजित गर्दै ढकाल समुहले बर्चश्व मारेको थियो ।


Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.