Connect with us

अर्थ

मन्त्रिपरिषद् बैठकबाट गभर्नर नियुक्तिको संभावना

Published

on

आज साँझ मन्त्रिपरिषद्को बैठक डाकिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठक साँझ ६ बजे बोलाइएको छ ।

बैठकको राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्ने संभावना रहेको प्रधानमन्त्रीको सचिवालय स्रोतको दाबी छ । झण्डै डेड महीनादेखि राष्ट्र बैंकको गभर्नर खाली भएपनि सरकारले नियुक्त गर्न सकेको छैन ।

सरकारले गत बुधबार तेस्रो पटक गभर्नर सिफारिस समिति गठन गरेको छ । पछिल्लो समितिमा अर्थमन्त्री विष्णु पौडेल, पूर्वगभर्नर महाप्रसाद अधिकारी र पोषराज पाण्डे छन् । त्यसअघिका दुई वटा समिति बैठक नै नबसी विघटन भएका थिए ।

साँझ मन्त्रिपरिषद्को बैठक बस्नु अघि गभर्नर सिफारिस समितिको बैठक बसेर कांग्रेस नेता विश्व पौडेललगायत तीन जनाको नाम सिफारिस गर्ने जनाइएको छ । साँझ बस्ने मन्त्रिपरिषद् बैठकले तीन जनामध्येबाट पौडेललाई गभर्नर नियुक्त गर्ने प्रबल संभावना छ ।

जानकारका अनुसार पौडेल अर्थशास्त्री भए पनि गभर्नर चलाउन सक्ने निपुर्णताका ज्ञाता होइनन् । तर, दलिय सिण्डिकेटले दक्षताका आधारमा भन्दा स्वार्थ अनुकूल नियुक्ति गर्ने तयारी छ ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.