Connect with us

अर्थ

कृषि विकास कार्यालयद्वारा पैँतालीस करोड अनुदान वितरण

Published

on

नवलपुरस्थित कृषि विकास कार्यालयले करिब ४५ करोड अनुदान वितरण गरेको छ । कार्यालयले आर्थिक वर्ष २०७७/७८ देखि आव २०८१/८२ सम्म ४४ करोड ७१ लाख ७३ हजार ८५१ अनुदान वितरण गरेको जनाएको छ ।

कार्यालयका कृषि प्रसार अधिकृत एवम् सूचना अधिकारी विश्वास काफ्लेका अनुसार पाँच वर्षको अवधिमा जिल्लाका ९१५ जना किसानलाई अनुदान वितरण गरिएको छ । कार्यालयले किसानलाई कार्यक्रमअनुसार न्यूनतम ८७० देखि पाँच करोड ५० हजारसम्म अनुदान वितरण गरेको तथ्याङ्क उनले बताए । 

हुप्सेकोट–१ को जुगेपानी तामाङ टोल कृषक समूहले बाली बिमाबापत पाँच करोड ५० हजार अनुदान प्राप्त गरेका काफ्लेको भनाइ छ । सूचना अधिकारी काफ्लेका अनुसार कार्यक्रमअनुसार एउटै किसानले धेरै शीर्षकमा अनुदान प्राप्त गरेका छन् । कार्यालयले व्यावसायिक तरकारी खेती, फलफूल बगैँचा व्यवस्थापन तथा विस्तार, साना किसान कृषि फार्म स्थापना तथा विस्तार, मकै बीउ उत्पादन तथा मकै बाली प्रवद्र्धन, उन्नत कृषि प्रविधि प्रदर्शनी, बाँझो जग्गामा व्यावसायिक खेती प्रोत्साहन, खाद्यान्न बाली उत्पादन प्रवद्र्धन, साना सिँचाइ कार्यक्रम चैते धान प्रवद्र्धन, बेमौसमी तरकारी खेती प्रवद्र्धन, तेलहन बाली प्रवद्र्धन, विशेष बाली प्रवद्र्धन, कृषि यन्त्र उपकरण खरिदलगायत विभिन्न शीर्षकमा किसानलाई अनुदान उपलब्ध गराउँदै काफ्लेले जानकारी दिए । 

कृषि विकास कार्यालयका प्रमुख वरिष्ठ कृषि प्रसार अधिकृत राजेश्वर सिलवालले कार्यालयबाट यस वर्ष लोकमार्ग÷कोरिडोर केन्द्रित कृषि उत्पादन तथा प्रवद्र्धन कार्यक्रम, आकस्मिक सेवा टेवा तथा राहत कार्यक्रम, बाली विशेष स्थलगत तालिम, खाद्यान्नबाली प्रवद्र्धन आयोजना, खाद्यान्नबाली उत्पादन प्रवद्र्धन कार्यक्रम, तरकारी बाली प्रवद्र्धन आयोजना, क्षेत्रफलको आधारमा तरकारी उत्पादन प्रवद्र्धन प्रोत्साहन कार्यक्रम सञ्चालनमा रहेको जानकारी दिए । 

त्यसैगरी, फलफूलबाली विकास आयोजना, फलफूल बगैँचा स्थापना तथा विस्तार कार्यक्रम, फलफूल बगैँचा व्यवस्थापन तथा सुदृढीकरण सहयोग कार्यक्रम, प्रविधि प्रवद्र्धन तथा सेवासम्बन्धी कार्यक्रमहरु, कृषि तथ्याङ्क सङ्कलन तथा प्रकाशन, उन्नत कृषि प्रविधि प्रदर्शन कार्यक्रयम, प्रयोगशाला सेवा तथा सञ्चालन, स्थानीय तहमा कृषि शिविर सञ्चालन, उत्कृष्ट कृषकलाई पुरस्कृत गर्ने, बीउ उत्पादन प्रवद्र्धन आयोजना, आत्मनिर्भताका लागि बीउ उत्पादन प्रवद्र्धन कार्यक्रम, तालिम, गोष्ठी र कृषि तथ्याङ्कसम्बन्धी कार्यक्रमसहित विविध कार्यक्रम यस वर्ष सञ्चालन हुने कृषि प्रसार अधिकृत सिलवालले बताए । 

यस वर्ष कार्यालयबाट सञ्चालन हुने विभिन्न कार्यक्रमका लागि कार्यालयले पाँच करोड १७ लाख ९० हजार बजेट छुट्याएको उनको भनाइ छ । कार्यालयले अधिकांश कार्यक्रमका लागि प्रस्ताव आह्वान गरेर काम सुरु गरिसकेको जनाउँदै उनले केही कार्यक्रम प्रक्रियामा रहेका बताए । 

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.