Connect with us

समसामयिक

डिआईजी चतुर्वेदीद्वारा मधेशका ८ जिल्लाको निरीक्षण सम्पन्न

Published

on

सञ्जय मिश्रा/रौतहट

मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी उमाप्रसाद चतुर्वेदीले प्रदेशको सबै ८ जिल्ला प्रहरी कार्यालयको निरीक्षण गर्दै शून्य सहनीलताको नीति अपनाएर काम गर्न निर्देशन दिएका छन्। 

प्रदेश प्रहरी कार्यालय जनकपुरधामको हालै कमाण्ड सम्हालेका डीआईजी  चर्तुवेदीले  प्रदेशका ८ वटै जिल्ला प्रहरी कार्यालयहरूको निरीक्षण सम्पन्न गरेका हुन्।

गत वैशाख २४ मा कमाण्ड सम्हालेका डीआईजी चर्तुवेदीले वैशाख २८ देखि जेठ ४ गतेसम्म धनुषा, सप्तरी, महोत्तरी, सिराहा, सर्लाही, रौतहट पर्सा, बारा समेत जिल्ला प्रहरी कार्यालयको निरीक्षण गरेका थिए।

निरीक्षणको क्रममा डिआईजी चतुर्वेदीले अपराध नियन्त्रण, चोरी तस्करी, सिमा अपराध, फरार अभियुक्तको पक्राउ, सवारी दुर्घटना न्यूनिकरण, आत्महत्या रोकथाम र पुराना मुद्दा फर्स्यौटमा जोड दिन आदेश दिएका थिए।

उनले आचारसंहिता पालनासहित व्यवसायिक, अनुशासित र जनउत्तरदायी बन्न सम्पूर्ण प्रहरी प्रमुखहरूलाई निर्देशन दिएका थिए। 

डीआईजी चर्तुवेदीले  सप्तरी स्थित प्रहरी अस्पताल, रौतहट गरुडा स्थित प्रहरी बिद्यालय, तालिम केन्द्र सहित कैयौं प्रहरी कार्यालयको समेत  निरीक्षण गरेका थिए।

उनले न्युज कारखानासँग कुरा गर्दै मधेश प्रदेशको आफ्नो कार्यकालमा आपराधिक क्रियाकलाप, तस्करी, लागुऔषध कारोवार, नियन्त्रणसँगै शून्य सहनशिलताको नीति अनुसार काम गर्ने लक्ष्य रहेको बताए ।
 

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.