Connect with us

अन्तर्राष्ट्रिय

नेपाल-चीन सुरक्षा सहकार्यमाथि बृहत छलफल

Published

on

नेपालका लागि चीनका राजदूत चाङ माओमिङले चीन–नेपाल सुरक्षा सहकार्यमा जोड दिँदै त्यसलाई अझ सुदृढ बनाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा बिहीबार आयोजित प्रहरी नेतृत्व तथा कर्मचारी पाठ्यक्रम (पिएलएससी) प्रथम समूहका सहभागीहरूसँगको छलफलमा चिनियाँ राजदूतले द्विपक्षीय सुरक्षा सहकार्यलाई सुदृढ बनाउन सक्दो प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

नेपालस्थित चिनियाँ राजदूतावासका अनुसार त्यस अवसरमा उनले नेपाल प्रहरीका भावी नेतृत्वसँग विविध समसामयिक विषयमा विचार आदानप्रदान भएको थियो । त्यसैगरी, नेपाल–चीन सम्बन्ध, समकालीन विश्व तथा क्षेत्रीय सुरक्षा चुनौतीलगायतका विषयमा छलफल भएको थियो ।

सहभागीहरूले दुवै देशबीचको सम्बन्धको वर्तमान अवस्था, आपसी सहकार्य र भविष्यका सम्भावनाबारे धारणा राखेका थिए । राजदूत चाङले नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध निरन्तर सुदृढ हुँदै गएको उल्लेख गर्दै कानुन कार्यान्वयन तथा सुरक्षा सहकार्य आगामी दिनमा अझ उच्च तहमा पुग्ने विश्वास व्यक्त गरे ।

द्विदेशीय सहकार्यले दुवै देशबीचको आपसी विश्वास अभिवृद्धि गर्नुका साथै क्षेत्रीय स्थायित्वमा समेत महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.