Connect with us

राजनीति

चःमतिमा रास्वपा सचिवालय बैठक जारी

Published

on

राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बसेको छ।आज दिउँसो केन्द्रीय कार्यालय चस्मतिमा सचिवालय बैठक बसेको हो।

सचिवालय बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल हुनेछ। साथै स्थानीय तह उम्मेदवार छनोट रूपरेखा २०८३ बारे छलफल हुनेछ। रूपरेखा तयार पार्न पार्टी सहमहामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा कार्यदल बनाएको थियो।

बैठकमा महाधिवेशन कार्यविधि २०८३ बारे छलफल हुनेछ। रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन सुरू गर्ने निर्णय गरिसकेको छ।

रास्वपाले संसदीय दलको विधान समेत संशोधन गर्दैछ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.