Connect with us

अर्थ

साधारण सेयर बिक्री गर्दै स्वस्तिक लघुवित्त

Published

on

नेपाल धितोपत्र बोर्डले स्वस्तिक लघुवित्त वित्तीय संस्थालाई साधारण सेयर (आईपीओ) बिक्रीका निम्ति अनुमति दिएको छ । बोर्डले यही असार ५ गते उक्त संस्थालाई दुई करोड ३१ लाख रुपैयाँबराबरको दुई लाख ३१ हजार कित्ता साधारण सेयर बिक्रीका निम्ति अनुमति दिएको हो ।

माइक्रो फाइनान्स समूहको उक्त कम्पनीको सेयर बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड छ । बोर्डले चालु आवमा हालसम्म कुल १२ कम्पनीलाई साधारण सेयर बिक्रीका निम्ति अनुमति दिएको छ । त्यसमा पाँच जलविद्युत् समूहका कम्पनी छन् । तीन लघु बिमाका कम्पनी छन् ।

अन्यतर्फ दुई कम्पनीले अनुमति पाउँदा उत्पादनतर्फको एक र माइक्रो फाइनान्स एक छन् । समग्रमा बोर्डले दुई अर्ब ९५ करोड ५६ लाख ८१ हजार ९०० बराबरको साधारण सेयर बिक्रीको अनुमति दिएको छ ।

यस्तै, साधारण सेयर बिक्रीका निम्ति अनुमतिको प्रतीक्षामा ४४ कम्पनी छन् । त्यसमा अधिकांश जलविद्युत् कम्पनी छन् । कुल ३५ जलविद्युत् कम्पनी साधारण सेयर बिक्रीका निम्ति अनुमतिको प्रतीक्षामा छन् ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.