Connect with us

अर्थ

देशकै पहिलो र ठूलो काठमाडौं महानगरपालिकाले आज निर्धारित मितिमा ल्याउन सकेन बजेट

Published

on

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह, उपमेयर सुनिता डंगोल र वडाध्यक्षहरुको आ आफ्नो ढिपीले काठमाडौं महानगरपालिकाले आजको निर्धारित मितिमा बजेट प्रस्तुत गर्न नसक्ने भएका छन् । मेयर, उपमेयर र प्रवक्ता नवीन मानन्धरको आ आफ्नै मिचाहा प्रवृतिका कारण काठमाडौं महानगरपालिकाले निर्धारित मितिमा बजेट प्रस्तुत गर्न नसक्ने भएको हो ।

आज १० असार सात सय ५३ वटै स्थानीय तहले बजेट प्रस्तुत गर्ने दिन हो । ‘सबै स्थानीय तहले आ आफ्नो बजेट ल्याउँदैछन्, हामी कार्यरत महानगरपालिकाले ल्याउन नसक्ने भयो’–कामपाका एक उच्च्अधिकारीको भनाइ छ, मेयर साहको एकोहोरो ढिपीको कारण असारभित्र बजेट आउने सम्भवना न्यून हुँदै गएको हो ।

चितवनको भरतपुर र कास्कीको पोखरा महानगरपालिकाले बजेट प्रस्तुत गरिसकेका छन् भने ललितपुर महानगरपालिकालगायत अरु महानगरपालिका, उपमहानगरपालिका जस्ता अधिकांश स्थानीय तहले आज बजेट सार्वजनिक गर्दैछन् ।

जानकारका अनुसार काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवम् कार्यपालिका बैठकको सदस्यसचिव सरोज गुरागाईँलाई सहभागी नगरराई कार्यपालिका बैठक राख्ने मेयर साहको उद्देश्य छ । एमालेका तर्फबाट विजयी उपमेयर डंगोल र नेपाली कांग्रेसबाट विजयी बनेर प्रवक्ता बनाइएका मानन्धरले सदस्य सचिवलाई बेवास्ता गरेर कार्यपालिका बैठकको बस्न नसक्ने अडान राखिरहेका छन् ।

सातायता मेयर साह र उपमेयर डंगोलबीच पटकपटक बैठक बसेको छ । तर। उनीहरु आ आफ्ना अडानबाट पछि हटेका छैनन् । फलतः कामपाको बजेट नीति तथा कार्यक्रम कहिले आउँछ ? कोही पनि भन्न सक्ने अवस्थामा छैनन् ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.