प्रतिनिधिसभाको बैठक एक साताका लागि स्थगित भएको छ । आज आइतबार बसेको प्रतिनिधिसभाको बैठकले संघीय निजामती सेवा विधेयक पारित गरेसँगै एक साताका लागि बैठक स्थगित भएको हो ।
सभामुख देवराज घिमिरेले अर्को बैठक असार २३ गते दिउँसो १ बजे बोलाएका छन् । शिक्षा विधेयक पारित नगरी बैठक एक साताका लागि स्थगित भएको हो । सरकारले १७ बैशाखमा शिक्षकहरुसँग सहमति गर्दा १५ असारभित्र शिक्षा विधेयक पारित गर्ने प्रतिवद्धता गरेको थियो ।