Connect with us

राजनीति

तरुण दल तदर्थ समिति अध्यक्ष विद्धान गुरुङलाई बर्खास्तीको मागसहित सानेपामा आमरण अनसन

Published

on

पटक-पटक मिति थप गर्दा पनि नेपाल तरुण दलको महाधिवेशन गर्न असक्षम रहेको भन्दै तदर्थ समिति अध्यक्ष विद्धान गुरुङलाई बर्खास्त गर्ने मागसहित नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा आमरण अनसन सुरू भएको छ । सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालय परिसरमा तरुण दल केन्द्रीय सदस्यहरू रोजन राई र अम्बिका बास्कोटाले आमरण अनसन सुरु गरेका हुन् ।

भोलिबाट नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक हुँदैछ । केन्द्रीय समिति बैठकको ध्यानाकर्षणका लागि राई र बास्कोटा अनसनमा बसेका हुन् । ०७९ को स्थानीय निर्वाचनको छ महीनाभित्र तरुण दलको महाधिवेशन सम्पन्न गराईसक्ने गरी २०७८ को चैत्रमा कांग्रेस सभापति शेरबहादुर देउवाले गुरुङलाई तदर्थ समितिको अध्यक्ष बनाएका थिए । गुरुङले निर्धारित समयमा तरुण दलको महाधिवेशन त गराएनन् नै, त्यस यता तीन पटक समयावधि थप्दा समेत आफूले पाएको जिम्मेवारी पुरा गरेका छैनन् ।

झण्डै साढे तीन वर्षको यस अवधिमा गुरुङले जम्मा एउटा लमजुङ जिल्लाको मात्रै अधिवेशन गराउन सकेका थिए । तर, त्यहाँ पनि गुरुङकै उपस्थितिमा खुकुरी काण्ड घटाइयो । अनसन बसेका राई र बास्कोटाद्धयले त्यस विषयलाई समेत उठान गरेका छन् ।

उनीहरुको माग छ, ‘संगठनमा गुट उपगुट बनाई लम्जुङमा कार्यकर्तामाथि खुकुरी प्रहारजस्ता आपराधिक कार्य गरेको, भवन निर्माणको लागि विनियोजित बजेटबारे गलत प्रचार गरेर गणेशमान सिंह र सिंगो पार्टीलाई बदनाम र विवादित बनाएको, ५० भन्दा बढी जिल्लामा कार्यवाहकमाथि कार्यवाहकको जिम्मेवारी दिएकोले गुरुङलाई तदर्थ समिति अध्यक्षबाट बर्खास्त गरियोस् ।’

कांग्रेस केन्द्रीय समितिले २०८१ चैत मसान्तदेखि तरुण दलको कार्यकाल स्वतः समाप्त हुने निर्णय गरेको थियो । तर, त्यो मिति पुरा भएको तीन महीना बित्न लाग्दा समेत गुरुङ नेतृत्वकै समिति यथावत छ । कांग्रेस केन्द्रीय समितिको म्याण्डेट अनुसार गुरुङ नेतृत्वको समिति भङ्ग हुनु पर्ने असन्तुष्टहरुको माग छ ।

गुरुङलाई बर्खास्त गर्नु पर्निे माग राखेकाहरुले केन्द्रीय समितिलाई नै जानकारी नदिइ तरुण दलको केन्द्रीय कार्यालय भवन भत्काएर निजी सम्पत्ति झै दुरुपयोग गरेको बताएका छन् ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.