Connect with us

समसामयिक

सावित्राको ह्याट्रिकमा नेपालको सानदार जित

Published

on

कप्तान सावित्रा भण्डारी (साम्बा)को ह्याट्रिकबाट नेपालले एएफसी महिला एसियन कप छनोटमा दोस्रो जित निकालेको छ । नेपालले श्रीलंकाविरुद्ध ८–० को फराकिलो जित निकालेको हो ।

आज बुधबार उज्वेकिस्तानको सम्पन्न खेलमा नेपालकी कप्तान सावित्राले ह्याट्रिक गरिन् । गीता रानाले दुई गोल, निशा थोकर, रेखा पौडेल र पुजा रानाले समान एक एक गोल थपे ।

खेलको आठौँ मिनेटमा गीताको गोलमा नेपालले अग्रता लिएको थियो । जसलाई २० औँ मिनेटमा सावित्राले दोब्बर बनाइन् । यस्तै, ४२औँ मिनेटमा सावित्राले नै गोल गरेपछि नेपालले आफ्नो अग्रता ३–० मा पुर्‍याएको थियो । ४५औँ मिनेटमा सावित्राले ह्याट्रिक गरेपछि नेपालले पहिलो हाफमै ४–० को अग्रता बनाएको हो ।

५४औँ मिनेटमा नेपालले पाएको पेनाल्टीलाई गीता रानाले सदुपयोग गरिन् । श्रीलंकन रक्षकले रश्मीकुमारी घिसिङमाथि १८ यार्ड बक्समा फाउल गर्दा नेपालले पेनाल्टी पाएको थियो । जसलाई गीताले सहजै गोल चुमिन् ।

६२औँ मिनेटमा निशा थोकरको गोलमा नेपालले अग्रतालाई ६–० मा पुर्‍यायो । ७८औँ मिनेटमा रेखाले गोल गर्दै नेपालको यो अग्रतालाई ७–० मा राखिन् ।
खेलको निर्धारित समय सकिन पुजाले गोल गरेपछि नेपाल खेलमा ८–० अघि रह्यो ।

प्रतियोगितामा यसअघि नेपालले पहिलो खेलमा लाओसविरुद्ध ९–० को जित निकालेको थियो । यता, श्रीलंका भने पहिलो खेलमा उज्वेकिस्तानसँग १०–० ले पराजित भएको थियो ।

प्रतियोगितामा नेपाल समूह ‘एफ’ मा छ । यो समूहमा नेपाल, श्रीलंका, लाओस र उज्वेकिस्तान छन् । समूहबाट शीर्ष स्थान हासिल गर्ने टोलीले आगामी वर्ष अस्ट्रेलियामा हुने एसियन कपमा स्थान बनाउने छ ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.