Connect with us

समसामयिक

सप्तरीमा प्रहरीको गोली लागेर एक तस्करको मृत्यु

Published

on

 प्रहरीको गोली लागेर एकजनाको मृत्यु भएको छ । प्रहरीले चलाएको गोली लागेर स्थानीय अन्दाजी ३६ वर्षीय लालु यादवको मृत्यु भएको हो । 

प्रहरी गोली लागेर घाइते भएका यादवलाई उपचारको लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज लगिएको थियो तर उपचारकै क्रममा उनको ‌मृत्यु भएको हाे ।


जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी जितेन्द्रकुमार बस्नेतका अनुसार सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुरमा मंगलबार राति तस्करहरूले सिमापार तस्कर गरिरहेको भन्ने सुचनाको आधारमा गस्तीमा जाँदा स्थानियहरूले ढुंगामुढा प्रहार गरेका थिए । सोही क्रममा प्रहरीले चलाएको गोली लागेर स्थानीय यादवको मृत्यु भएको हो । 

बस्नेतले स्थिति नियन्त्रणमा लिन केही राउन्ड गोली चलाएको र तिघ्रामा गोली लागेका यादवको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको बताए । उनका अनुसार झडपमा एक जना प्रहरी पनि घाईते भएका छन् ।

सो झडपपछि भारततर्फ तस्करी गर्न लागेको केही कार्टुन मदिरा समेत नियन्त्रणमा लिइएको छ ।
 


Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.