Connect with us

समसामयिक

हाम्रो कारणले दशौं राष्ट्रिय खेलकुद प्रभावित हुँदैनः मुख्यमन्त्री कडेँल

Published

on

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेँलले प्रदेश सरकारको कारणले दशौ राष्टिय खेलकुद प्रतियोगिता प्रभावित नहुने भएकोले अव मिति तोक्दा मिति नसर्ने गरि तोक्न संघीय सरकारलाई आग्रह गरेका छन। 

दशौं राष्टिय खेलकुदको सम्बन्धमा परामर्श गर्न आज सुर्खेत पुगेका युवा तथा खेलकुद मन्त्री तेजुसंग चौधरीसंगको छलफलमा मु्ख्यमन्त्री कडेलले पटक पटक मिति तोक्ने तर खेलकुद नहुने हुँदा त्यसले नकारात्मक सन्देश गएकोले अव त्यस्तो गल्ती नदोहोर्याउन सघीय सरकारलाई आग्रह गरेका हुन् ।

उनले भने, ‘कर्णालीमा खेलकुद गर्ने विषयमा हाम्रो तर्फवाट हामी प्रतिबद्व छौ र त्यही अनुसार तयारी पनि गरिरहेका छौ तर आयोजक तपाइहरू हो, अव पनि मिति तोक्दै खेल नहुने हो भने अहिले नै बिचार गरेर मिति तोक्नु होला।’

मुख्यमन्त्री कडेलले मिति तोक्दा संघीय र प्रदेशको जिममेवारीसिहत स्पष्ट तालिका बनाउन आग्रह समेत गरे। मुख्यमन्त्री कडेलले प्रतियोगिता आयोजना गर्ने नाममा यस अघि भएका  कमजोरी दोहिरन नदिने तर्फ अहिलेदेखि नै सचेत हुनुपर्ने बताए। उनले प्रतियोगिता गर्न यस अघि गठन गरिएका उपसमितिप्रति असन्तुष्टी जनाए। 

उनले भने, ‘यहाँ नभएका जनशक्ति बाहिर ल्याउनुहोला तर प्रतियोगिता कै लागि जम्बो उपसमिति बन्ने र बनाउने तर्फ सचेत रहनुहोला।’

मुख्यमन्त्री कडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले राष्टिय खेलकुद आयोजनाको सन्दर्भमा चासो सहित केहि दिन सरोकारवालालाई समेत निर्देशन दिएकोमा त्यसतर्फ ध्यान दिन खेलकुद मन्त्री सुझाव दिए। 

उनले भने, ‘केही दिन तपाईहरूलाई सम्माननीय प्रधानमन्त्रीले समेत प्रतियोगिताको मिति नसर्ने गरि काम गर्नुस भनेर निर्देशन दिनु भएको रहेछ, हाम्रो स्स्प्रिड पनि त्यहि हो ।ँ

एक अर्को प्रसंगमा मुख्यमन्त्री कडेलले प्रतियोगिता आयोजना गर्ने तर्फ प्रदेश सरकारको पुरै ध्यान केन्द्रित भएकोले प्रदेश खेलकुद परिषदका रिक्त पदहरूमा नियुक्त गर्न छलफल शुरू भएको तथा रंगशाला लगायत बाँकी पूर्वाधार निर्माणका काम तत्कालै अघि बढाइने बताए। 

राष्टिय खेलकुद प्रतियोगिताका सबै पूर्वाधार आयोजक सघीय सरकारले नै निर्माण गर्ने भएपनि दशौ खेलकुदका अधिकांश खेलका लागि कर्णाली प्रदेश सरकारले पू्र्वाधार निर्माण गरेको बताउदै मुख्यमन्त्री कडेल थप पूर्वाधार बनाउने कुरामा सघीय सरकारले सहजीकरण गर्नु पर्ने बताए।

युवा तथा खेलकुद मन्त्री चौधरीले प्रतियोगिताका लागि अव मिति नसर्ने गरि तयारी भइरहेकोले त्यसमा ढुक्क हुन आग्रह गरे। उनले सुर्खेत आसपास हुने गरि प्रतियोगिताका लागि २४ वटा खेलको लागि तयारी भएको बताउदैँ जानकारी गराए। 

छलफलमा कर्णाली प्रदेशका आर्थिक मामिला मन्त्री राजीवबिक्रम शाह, सामाजिक मन्त्री धनश्याम भण्डारी लगायतको उपस्थिति थियो।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.