Connect with us

समसामयिक

श्रीमान्‌ले मार्ने धम्की दिएको भन्दै श्रीमतीले बुझाई दिइन प्रहरीलाई पेस्तोल

Published

on

कहिले काहीँ समाजमा अलि अपत्यारिला र रमाइला घटना घट्छन् । त्यस्तै घटना घटेको छ, काठमाडौंको बनस्थलीस्थत चमतीमा । घटना केही दिन अघिको हो । अलि अबेर साँझ प्रहरीको कन्ट्रोल नम्बर १०० मा एउटा फोन आयो । फोन काठमाडौंको चमती बस्दै आएकी धादिङकी एक महिलाले गरेकी थिइन् । ती महिलाले फोनमा प्रहरीसँग आग्रह गरिन, ‘‘मेरो श्रीमान्ले मलाई कुटपिट गरेर मार्न खोज्दैछ । बचाइदिनु पर्‍यो ।’’

कन्ट्रोलमा आएको फोनबारे तुरुन्त प्रहरी वृत्त स्वयम्भुको टोलीलाई जानकारी गराइया् । चमती प्रहरी वृत्त स्वयम्भु र प्रहरी वृत्त बालाजुको बीचमा पर्छ । कन्ट्रोलले स्वयम्भुको टोलीलाई महिलाले फोन गरेको लोकेसनमा पुग्न निर्देशन दियो । स्वयम्भुको टोली महिलाले दिएको लोकेसनमा पुग्यो । महिला कोठामा रोइकराई गरिरहेकी थिइन् । तर, उनका श्रीमान् त्यहाँ थिएनन् ।
प्रहरीको साथ पाएपछि महिलाले महत्त्वपूर्ण ‘सूचना दिँदै आफूलाई मार्ने धम्की दिँदै पेस्तोलसमेत ताक्ने गरेको त सुनाइन नै, श्रीमान्‌ले धम्की दिने गरेको अटोमेटिक पेस्तोल, दुई थान म्यागजिन र सात राउन्ड गोली समेत प्रहरीलाई बुझाई दिइन ।

घटनास्थल प्रहरी वृत्त बालाजु वृत्तको क्षेत्रभित्र पर्ने भएपछि स्वयम्भुको टोलीले हतियार मुचुल्काको जिम्मा प्रहरी वृत्त बालाजुको टोलीलाई दियो । प्रहरीलाई फोन गरेको थाहा पाएपछि ती महिलाका श्रीमान् फरार थिए ।

बालाजुको टोली हतियार बरामदको मुचुल्कापछि अभियुुक्तको खोजीमा जुट्यो । साउन ३१ कै मध्यराति प्रहरी वृत्त बलाजुको टोली अभियुक्त धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ घर भई काठमाडौंको चमती बस्ने २९ वर्षीय शिवराज दराईलाई पक्राउ गर्न सफल भयो ।

हाल प्रहरी वृत्त बालाजुको टोलीले दराईमाथि थप अनुसन्धान अघि बढाएको छ । उनीमाथि प्रहरीले हातहतियार खरखजना मुद्दामा अनुसन्धान अघि बढाएको हो । प्रहरीको अनुसन्धानका क्रममा दराईविरुद्ध यसअघि नै लागुऔषध र अभद्र व्यवहारको कसुरमा मुद्दा चलेको खुलेको छ । प्रहरीका अनुसार, २०७८ मा अभद्र र २०८० मा उनीमाथि लागुऔषध कसुरमा मुद्दा चलेको खुलेको हो ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.