Connect with us

खेलकुद

नेपाल मलेसियासँग तीन रनले पराजित

Published

on

द्विदेशीय अन्तर्राष्ट्रीय टी–२० शृंखलामा नेपाली महिला क्रिकेट टिम मलेसियासँग पराजित भएको छ । आजबिहीबार विजयादशमीको दिन मलेसियाको बेयुमास ओभलमा भएको रोमाञ्चक खेलमा मलेसियाले नेपाललाई तीन रनले हराएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया महिला टोलीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १०४ रन बनाएको थियो । मलेसियाका लागि कप्तान विनिफ्रेड दुराइसिंगमले सर्वाधिक २७ रन बनाइन् । ऐन्ना हमिजाह हाशिमले २६ रन तथा मस एलिसाले २५ रन बनाइन ।

बलिङतर्फ नेपालका लागि सोमु विष्टले २ विकेट र रुविना क्षेत्रीले एक विकेट लिएकी थिइन् । जितका लागि १०५ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले २० ओभरमा सात विकेट गुमाएर १०१ रनमात्र बनाउन सक्यो ।

नेपालका लागि पूजा महतोले ३० रन बनाइन् । सम्झना खड्काले १८, कविता जोशीले १३ तथा कप्तान इन्दु वर्माले १२ रन बनाइन् । अन्तिम ओभरसम्म खेल प्रतिस्पर्धात्मक बने पनि नेपालले लक्ष्य भेटाउन सकेन ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.