Connect with us

अर्थ

तीन महिनामा ३५ अर्ब वैदेशिक लगानी प्रतिबद्धता

Published

on

चालु आर्थिक वर्ष २०८२र८३ को पहिलो तीन महिनामा ३५ अर्ब रुपियाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार चालु आवको साउनदेखि असोजसम्म ३११ परियोजनामार्फत ३५ अर्ब १३ करोड ७७ लाख ६० हजार रुपियाँ बराबरको लगानी प्रतिबद्धता आएको हो । असोजमा मात्र ५४ वटा परियोजनामार्फत चार अर्ब ९४ करोड ७३ लाख रुपियाँ लगानी प्रतिबद्धता आएको छ ।

तीन महिनामा सात वटा ठुला, चार वटा मध्यम र तीन सय वटा साना उद्योगमा लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ । सबैभन्दा धेरै साना उद्योगमा लगानी प्रतिबद्धता आउने गरेको छ । तीन महिनामा सबैभन्दा बढी पर्यटनमूलक क्षेत्रका १०३ उद्योगमा सबैभन्दा धेरै एक अर्ब ४६ करोड बराबरको लगानी प्रतिबद्धता आएको हो ।

यस्तै उत्पादनमूलक क्षेत्रका १५ उद्योगमा २१ करोड १० लाख, कृषिमूलक क्षेत्रका ११ उद्योगमा चार करोड र सेवामूलक क्षेत्रका १९ उद्योगमा १८ करोड १० लाख बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ । सूचना प्रविधिमूलक क्षेत्रका १६२ वटा उद्योगका लागि १५ करोड ३७ लाख ३२ हजार बराबरको लगानी प्रतिबद्धता आएको छ ।

सुरुदेखि हालसम्म सात हजार ५५० वटा उद्योगमा छ खर्ब ८६ अर्ब ५५ करोड ९९ लाख रुपियाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता स्वीकृत भएको छ । नेपालमा लगानी गर्ने भनेर प्रतिबद्धता उच्च भए पनि सो अनुपातमा लगानी भित्रिन सकेको छैन । उद्योग विभागका अनुसार आव २०८१र८२ मा ६५ अर्ब लगानी प्रतिबद्धता आउँदा १२ अर्ब एक करोड रुपियाँ भित्रिएको थियो ।
गोरखापत्र

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.