Connect with us

अर्थ

सुनकोसी नदीमा बाँध निर्माण निकै नै सुस्त, भौतिक प्रगति ११ प्रतिशत

Published

on

राष्ट्रिय गौरवको सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाअन्तर्गत सुनकोसी नदीमा बाँध निर्माणको समय अवधि ६० प्रतिशत सकिँदा भौतिक प्रगति करिब ११ प्रतिशत मात्रै भएको छ ।

निर्माण व्यवसायि पटेल–रमण जेभीले २०७९ साल पुस महिनामा (सन् २०२३, जनवरी १) सम्झौता गरी सुनकोसी नदीमा बाँध निर्माण सुरु गरेपनि हालसम्म भौतिक प्रगति करिब ११ प्रतिशत मात्रै भएको छ । उक्त जेभिले चार वर्ष सात महिनामा सक्ने गरी सम्झौता गरी काम सुरु गरेको भए पनि अहिले बाँध निर्माण कार्य निकै सुस्त रहेको आयोजनाले जनाएको छ ।

आयोजनाका सिनियर डिभिजन ईन्जिनियर तथा सूचना अधिकारी अशोक गौतमका अनुसार बाँध निर्माणको समय अवधि ६० प्रतिशतभन्दा बढी सकिँदा भौतिक प्रगती पनि यतिखेर ४० प्रतिशत माथि नै हुनु पर्दथ्यो । निर्माण व्यवसायिले सम्झौता अनुसार काम गर्न नसकेपछि सम्झौता बमोजिम वैकल्पिक व्यवस्था गर्ने विषयमा विभाग र मन्त्रालयमा बिगतदेखि नै छलफल हुँदै आएको छ । उक्त आयोजनाअन्तर्गत सुनकोसी तथा तामाकोसीको दोभानभन्दा नौ सय मिटर तल सिन्धुलीको सुनकोसी गाँउपालिका–७ कानढुंग्रीमा सुनकोसी नदीमा बाँध निर्माण भई रहेको आयोजनाले जनाएको छ ।

‘‘सुनकोसी नदीमा करिब ३० मिटर आग्लो र १५८ मिटर लम्बाईको बाँध निर्माण गर्न पहिलो चरणको काम अन्तर्गत रामेछाप जिल्लातर्फ कपर ड्याम ९अस्थायी बाध० निर्माण गरी पानी तर्काएर बाँधको स्थायी संरचना अलिअलि निर्माण हुदै आएको छ,’’ उनले भने, ‘‘हालसम्म भएको उक्त प्रगती पनि अस्थायी र स्थायी कामको प्रगती हो ।’’ उक्त आयोजनाको यस अघि बनेका सरकारको विभागिय मन्त्रीबाट पटक–पटक स्थलगत निरीक्षण गरी बाँध निर्माणको कार्यलाई तीव्र बनाउन निर्देशन हुदै आए पनि निर्माण व्यवसायीले कामको गति बढाउन नसकि रहेको छैन ।

बाँध निर्माणको काम चित्त बुभ्mदो नभएपछि सरकार उक्त निर्माण व्यवसायीसँगको ठेक्का तोड्ने प्रकृयामा पुगेको पनि आयोजनाले जनाएको छ । उक्त व्यवसायी कम्पनीले बाँध निर्माणका लागि लागि १४ अर्ब सात करोड ५९ लाख रुपियाँ लागतमा ठेक्का सम्झौता गरेको छ । आयोजनाअन्तर्गत कुसुमटारबाट १३ दशमलव तीन किलो मिटर लम्बाईको सुरुङ्मार्ग टनेल बोरिङ मेशिन (टिविएम) बाट निर्माण गरी २०८१ वैशाखमा ‘ब्रेक थ्रु’ भईसकेको छ । उक्त पाँच दशमलव पाँच डायमिटरको सुरुङमार्ग निर्माणका लागि चिनियाँ कम्पनी चाइना ओभरसिज इसिन्जनियरिङ (कोभेक) ले करिब ११ अर्ब रुपियाँमा ठेक्का लिएको थियो ।

सुनकोेसी नदीमा बाध निर्माण भएपछि १३ दशमलव तीन किलो मिटर लम्बाईको सुरुङमार्फत प्रतिसेकेण्ड ६७ क्युसेक पानी कुसुमटार स्थित मरिण खोलामा खसालिने छ । त्यहाँ ६६ दशमलव २९ मिटर हेटडबाट पानी झारेर ३१ दशमलव ०७ मेघावाट विद्युत उत्पादन गरिने छ । आयोजनाको लागत सुरुमा करिब ४६ अर्ब रुपियाँ रहेकोमा पछिल्लो अपडेट हुँदा ४९ अर्ब ४२ करोड रुपियाँ पुगेको आयोजना प्रमुख कार्कीले जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष ०७७र०७८ बाट सुरु भएको आयोजना ०८४र०८५ सम्ममा सक्ने लक्ष्य रहेको छ ।

आयोजना अनुसार पहिलो चरणको कामअन्तर्गत सुरुङ निर्माण रहेको छ । दोस्रो चरणको कामअन्तर्गत बाँध, पावर हाउस, पानी फर्काउने ईन्टेक लगायतका संरचना निर्माण रहेको छ । तेस्रो चरणको काम विद्युत गृहभित्र विद्युत उत्पादन गर्नुपर्ने संरचना बनाउनु पर्ने छ । चौथो चरणमा उत्पादन भएको विद्युत सर्लाहीको नबलपुर पुर्‍याई राष्ट्रिय प्रसारण लाईनमा जोड्नु पर्ने रहेको छ ।

बहुउद्देश्यीय सो आयोजनाको मुख्य उद्देश्य विद्युत उत्पादनसँगै तराईका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लामा गरी एक लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुर्‍याउने रहेको आयोजनाले जनाएको छ ।
बाबुराम देवकोटा/गोरखापत्र

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.