Connect with us

समसामयिक

हिमाल आरोहीको सकशुल उद्दार

Published

on

म्याग्दीको धवलागिरि  गाउँपालिका–४ स्थित धौलागिरि हिमाल आरोहणका क्रममा लडेर घाइते भएका एक आरोहीको दुई दिनपछि सकुशल उद्दार गरिएको छ ।
आठ हजार एक सय ६७ मिटर अग्लो धौलागिरि हिमालको सफल आरोहण गरेर फर्कने क्रममा अस्ति शुक्रबार बिहान चुचुरो नजिकबाट चिप्लीएर करिब चार सय मिटर तल खस्दा सङ्खुवासभाको मकालु गाउँपालिका–२ का २१ वर्षीय मिङ्मा तेन्जि शर्मा गम्भीर घाइते भएका थिए । उनलाई उद्दार गरेर आज उपचारका लागि काठमाडौँ पठाइएको उद्दारमा संलग्न १४ समिट एक्सपीडिसनका फुरु तेन्जि शेर्पाले जानकारी दिएका छन् ।
“बेसक्याम्पमा सम्पर्क गरी माथिल्लो क्याम्पबाट उद्दारकर्मी परिचालन गरी शनिबार राती मिङ्मालाई आधार शिवर ल्याएका थियौँ,” उनले भने “अचेत भेटिएका उनको स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ ।”

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.