Connect with us

समसामयिक

अफ्रिकन स्वाइन फिभर पुष्टिपछि बंगुरको मासु बेच्न प्रतिबन्ध

Published

on

पश्चिम नवलपरासीको सदरमुकाम परासीमा लाग्दै आएको साप्ताहिक हाटबजारमा बिक्री गरिएको बंगुरको मासुमा सङ्क्रमण पुष्टि भएपछि मासु बेच्न प्रतिबन्ध लगाइएको छ । स्थानीय हाटबजार व्यवस्थापन गर्दे आएको रामग्राम नगरपालिकाले सूचना जारी गर्दे हाटबजारमा बंगुर सुंगुरको मासु बिक्री गर्न प्रतिबन्ध लगाएको जनाएको छ ।

गत कात्तिक २६ गते बुधबार परासी हाटबजारमा दुई जना व्यापारीले शङ्कास्पद बंगुरको मासु बिक्री गरेको अवस्थामा भेटिएपछि उक्त मासुको नमुना परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभर पुष्टि भएको थियो । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र परासीमा रहेको पशु रोग अन्वेषण प्रयोगशालामा परीक्षण गर्दा रोग पुष्टि भएपछि पिसिआर परीक्षणका लागी काठमाडौँ पठाइएकोमा त्यहाँ पनि पोजेटिभ देखिएपछि जोखिम बढेको भन्दै बिक्री वितरणमा प्रतिबन्ध लगाइएको रामग्राम नगरपालिकाले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयले पनि सूचना जारी गरेर हाटबजारमा बंगुरको मासु बिक्री वितरण नगर्न भनेको छ । स्रोतका अनुसार रोगी बंगुर र सुंगुर किसानहरूले घरबाट बिक्री नभएपछि बजार क्षेत्रमा बिक्री गर्ने गरेको बताइएको छ । सुनवलमा बंगुर पालन गर्दे आएका किसान पृतम गुरुङले भारतबाट तस्करले सेटिङ् मिलाएर रोगी बंगुर ल्याएर बेच्ने गरेको गुनासो गरे । स्थानीय प्रशासनले चासो नदेखाउँदा समस्या भएको भन्दै नियन्त्रणका लागि उनले प्रमुख जिल्ला अधिकारीसँग आग्रह गरे ।

भारतबाट आयातित बिना परीक्षणको बंगुरले किसानहरूले पाल्दै आएको बंगुर एकैपटक मर्ने जोखिम बढेको उनको भनाइ छ । अहिले रामग्राम क्षेत्रका केही फर्मका बंगुर बिरामी परेको पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । पशु सेवा विभागले यस रोगलाई पशुहरूमा उच्च मृत्युदर भएको ‘अति खतरनाक’ महामारीजन्य रोग भनेको छ । फर्ममा बंगुर पाल्दै आएका किसानहरूलाई सर्तकता अपनाउन विज्ञहरूले आग्रह गरेका छन् ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.