Connect with us

अर्थ

स्टार्टअप कर्जा माग्ने दोब्बर बढे

Published

on

स्टार्टअप उद्यम कर्जामा उद्यमीको आकर्षण बढ्दै गएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को स्टार्टअप उद्यम कर्जाका लागि १० हजार २४४ उद्योगीको आवेदन परेको औद्योगिक व्यवसाय प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले १९ कात्तिकमा २१ दिने सूचना जारी गर्दै स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव आह्वान गरेको थियो ।

प्रतिष्ठानका कार्यकारी निर्देशक उमेश गुप्ताले स्टार्टअप उद्यम कर्जामा आकर्षण बढ्दै गएकाले गत वर्षभन्दा दोब्बर सङ्ख्यामा परियोजनाको प्रस्ताव परेको जानकारी दिएका छन् । “यस वर्ष बजेट कम भएकाले चार सय देखि ५५० उद्यमीलाई कर्जा उपलब्ध गराउने लक्ष्य राखिएको छ,” उनी भन्छन्, “छनोटमा परेका उद्यमीले बिनाधितो तीन प्रतिशत ब्याजमा पाँच लाखदेखि २० लाख रुपियाँसम्म कर्जा उपलब्ध गराइने छ ।”

प्रतिष्ठानमै आई दुई हजार ४१ उद्यमीले परियोजना प्रस्ताव दर्ता गराएको र अनलाइनमार्फत आठ हजार २०३ जनाले प्रस्ताव दर्ता गराएको उनले जानकारी दिए । सरकारले चालु आवका लागि स्टार्टअप कर्जा दिन ७३ करोड रुपियाँ बजेट छुट्याएको छ । विनियोजित बजेटबाट प्रशासनिक खर्चका लागि तीन प्रतिशत कटाएर बाँकी रकम कर्जा प्रवाह गरिने प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानले यसअघि उद्यमीलाई न्यूनतम पाँच लाखदेखि अधिकतम २५ लाख रुपियाँसम्म कर्जा वितरण गर्दै आएको थियो । यस पटक कार्यविधि संशोधन गरेर कर्जाको सीमा २० लाख पियाँसम्म झारेकोछ । प्रतिष्ठानले गत आव २०८१/८२ मा छ सय जना उद्यमीलाई ८८ करोड ६६ लाख २५ हजार रुपियाँ स्टार्टअप कर्जा प्रवाह गरेको थियो ।

यस्तै आव २०८०र८१ मा प्रतिष्ठानले १६५ उद्यमीलाई २१ करोड रुपियाँ कर्जा प्रवाह गरेको थियो ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.