Connect with us

अन्तर्राष्ट्रिय

श्रीलङ्काकामा मौसमी प्रकोपका कारण सार्वजनिक आपतकाल घोषणा

Published

on

श्रीलङ्काका राष्ट्रपति अनुरा कुमार दिसानायकले हालैको खराब मौसमी प्रकोपको सामना गरिरहेको अवस्थामा सार्वजनिक आपतकालको घोषणा गरेका छन् । आपतकाल घोषणा गर्नुको उद्देश्य सार्वजनिक सुरक्षाको रक्षा गर्नु, राष्ट्रिय स्थिरता कायम राख्नु रहेको जनाइएको छ । घोषणाले सार्वजनिक सुरक्षा अध्यादेश अन्तर्गत आपतकालीन नियम राष्ट्रव्यापी लागु गर्न सरकारलाई अधिकार प्रदान गर्दछ ।

यसैबिच श्रीलङ्काली प्रहरीले प्रहरी महानिरीक्षक (आइजिपी) को प्रत्यक्ष पर्यवेक्षणमा प्रहरी मुख्यालयमा विशेष अपरेसन युनिट स्थापना गरेको बताएको छ । युनिटले सार्वजनिक सहायताका लागि समर्पित ल्यान्डलाइन र ह्वाट्स एप हटलाइन खोलेको जनाएको छ । राष्ट्रव्यापी प्रहरी अधिकारीलाई उनीहरूको डिभिजनभित्र मौसम(सम्बन्धित आपतकालिन व्यवस्थापन गर्न द्रुत(प्रतिक्रिया टोलीमा नियुक्त गरिएको छ । डुङ्गा, ड्राइभिङ उपकरण र अन्य उद्धार उपकरण तत्काल तैनातीका लागि तयार छन् । विपद व्यवस्थापन केन्द्र, सशस्त्र बल र अन्य एजेन्सीलाई संयुक्त आपतकालीन अपरेसनमा एकीकृत गरिएको प्रहरीले जनाएको छ ।

विस्थापित परिवारका घर र सम्पत्तिको सुरक्षाका लागि थप सुरक्षा उपाय लागु गरिएको अधिकारीले बताएका छन् । अस्थायी आश्रयमा बसोवास गर्ने मानिसको सुरक्षा सुनिश्चित गर्न प्रहरीलाई निर्देशन दिइएको छ । अध्यागमन तथा आप्रवासन विभागले उडान रद्द र मौसमसम्बन्धी यात्रामा अवरोधका कारण फसेका विदेशी नागरिकका लागि विशेष भिसा सुविधा उपाय सुरु गरेको छ ।

नोभेम्बर(२८ पछि प्रस्थान गर्न असमर्थ यात्रुलाई भिसा विस्तार शुल्क र पेनाल्टी छुट दिइने छ । पर्यटक, व्यापार र निवास भिसा भएकालाई समय थप गर्न सात दिनको अवधि प्रदान गरिएको छ । विभागले अल्पकालीनरूपमा भिसा अवधि अनलाइन बाटै थप गर्न सकिने र थप अद्यावधिक जारी गरिने बताएको छ ।
एजेन्सीहरुको सहयोगमा

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.