Connect with us

समसामयिक

समान श्रेणीका कर्मचारीको मर्यादाक्रम एउटै हुनुपर्ने माग

Published

on

सुदूरपश्चिम प्रदेशका निजामती कर्मचारीले संघ, प्रदेश तथा स्थानीय तहमा कार्यरत समान तह÷श्रेणीका निजामती कर्मचारीले मर्यादाक्रमको एउटै हुनुपर्ने माग गर्दै गृहमन्त्री अर्याललाई ध्यानाकर्षण पत्र बुझाएका छन्।

हिजो मंगलबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा उनीहरुले गृहमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाएका हुन। नेपाल सरकारले २०७६ वैशाख १६ मा प्रकाशित गरेको मर्यादाक्रम विभेदकारी, अन्यायपूर्ण र संघीयताको विपरित रहेको उनीहरुको ठहर छ। संविधानले परिकल्पना गरेको समन्वय, सहअस्तित्व र सहकारिताको भावनानुसार समान तह÷श्रेणीका कर्मचारीहरुको मर्यादाक्रम तीनवटै तहमा एउटै हुनु पर्ने उनीहरुको माग छ।

तीनै तहमा कार्यरत निजामती कर्मचारीबिच मर्यादाक्रमका कारण सिर्जित असमानता हटाइएमा संघीय प्रशासनिक संरचना थप प्रभावकारी, कार्यशील हुने उपसचिवहरुको ठहर छ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.