Connect with us

समसामयिक

अन्तराष्ट्रिय अपाङ्ग दिवसः सुस्तमनस्थिति भएका रविलालको न घर, न जमिन

Published

on

आज बुधबार (मंसिर १७) अन्तर्राष्ट्रिय अपाङ्ग दिवसमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइदै छ । बुधबार अन्तर्राष्ट्रिय अपाङ्ग दिवस मनाउँदै गर्दा धेरै अपाङ्गता भएका व्यक्तिको अधिकार र जीवनयापन, स्वास्थ्य अवस्था, शिक्षाको अवस्थाको विषय अहिले पनि नाजुक अवस्थामा छ ।

जुम्लाको हिमा गाउँपालिका १ बड्की गाउँका रविलाल सुनार, २५ को सुस्तमनस्थिति भएको अपाङ्गता भएका व्यक्ति हुन् । अपाङ्गता भएकै कारण रविलालले पढ्न सकेनन् भने वर्षौदेखि घर नभएका कारण सडक, पेटी, छिमेकी र अन्य गाउँमा घुमेर आफन्तको आश्रय लिनुका साथै अरुकै घरमा जीवन यापन गरिरहेका छन् ।

करिब १५,२० वर्ष अगाडि बुवा रने सुनारले थोरै भएको पुर्ख्यौली जमिन बेचेर तराईमा झरे । तर त्यही जग्गा बेचेर पुनः भूमिहीन भए । रविलालको परिवार पुनः हिमा गाउँपालिकाको बड्की गाउँमै फर्कियो । घरबास केही नभएपछि छिमेकीको आश्रयमा बस्नु थाले । स्थानीय मुनविर सुनार (जौका सुनार) ले रविलालको परिवारलाई एक कोठा बस्ने आवासको रुपमा दिए । त्यही कोठामा झण्डै डेढ दशकदेखि आमा लाटी सुनार, सुस्तमनस्थितिका रविलाल र भाई नरेन्द्र बस्दै आएका छन् ।

अहिले भाई नरेन्द्र घरबास नभएपछि पढाई छोडेर भारत भासिए । आमा लाटी सुनार बड्की गाउँमा छिमेकीको घरमा जीवन बिताइरहेकी छन् । तर रविलाल खान र बस्न नपाएपछि गाउँगाउँ डुलिरहेका छन् । उनी बस्न र खानकै लागि छिमेकी गाउँहरु डुलिरहन्छन् । अहिले उनी कालीकोटमा रहेको परिवारले जनाएको छ । कपडा पनि आफन्त र सहयोगी कोही व्यक्तिको दयामायाबाट आङ ढाकिरहेका छन् ।

रविलाल मानसिक समस्या भएका व्यक्ति, त्यसैमा एक ठाउँ बसाल्ने साहारा दिने व्यक्ति छैन । आमा पनि उस्तै अपाङ्गताको समस्या भएको व्यक्ति हुन् । रविलाल यस्तै हो भन्ने गाउँ समाजको बानि परिसक्यो । उनको घर बनाउनका लागि धेरै पटक प्रयास भए पनि जग्गा छैन ।

अपाङ्ग पुनःस्थापन तथा विकास केन्द्रका पूर्वध्यक्ष तथा अपाङ्गता अभियान कर्ता नन्दराज धितालका अनुसार जति पनि दिवस मनाए पनि अपाङ्गता भएका व्यक्तिको पैरवि र अधिकारका लागि गरिए पनि वेसाहारा अपाङ्गता भएका रविलाल जस्तैको पुनःस्थापनमा सरकार बेखबर भएको बताउँछन । उनले अहिले स्थानीय सरकार, जनताको सरकार घरदैलोमा पुग्नु यस्तै काम गर्न हो ।

हिमा गाउँपालिका १ बड््की गाउँ निवासी स्थानीय हरिलाल सुनार भन्छन्, रविलाल र आमा दुवै जना अपाङ्गता भएका व्यक्ति भएको र लामो समयदेखि बेसाहारा भएको बताउँछन् । उनका अनुसार अब उनको आवासका लागि जग्गा छैन । जग्गाका लागि पनि चन्दा अभियान गर्न आवश्यक रहेको बताए ।

हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले रविलालको जमिन हुने वित्तिकै घर बनाउन गाउँपालिकाले पहिलो प्रथामिकता राख्ने बताए । उनले पहिला पनि जमिन नभएर हो, अब जग्गानै अगाडि बढाउने अभियानमा लाग्न सामाजिक अभिायान थाल्न अनुरोध गरे । जग्गा उपलब्ध गराउने काममा पनि हाम्रो सहयोग हुन्छ ।

अपाङ्गता भएका अधिकारकर्मीले पूर्ण अशक्त अपाङ्गता भएका व्यक्तिका लागि सरकारले खरिदार सरहको स्याहार सुसारका लागि सामाजिक सुरक्षा भत्ता दिनुपर्छ भन्ने माग लामो समय देखि उठरहेको छ । तर पूरा हुन सकिरहेको छैन । रविलालको बसाई केछ ? खाइरहेको छ कि नाई, घुमेन्ते जीवन बिताइरहेका उनको दुःख समन र पुनःस्थापनका लागि हामी यदि जिम्मेवारी हुने हो भने उनको आवासलाई चाहिन्छ । साहाराविहीनको गास, बास, कपासको दायित्व राज्यको हो ।
नेत्र शाही/गोरखापत्र

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.