Connect with us

समसामयिक

सर्लाहीमा एम्बुलेन्सबाट ५१ केजी गाँजा बरामद

Published

on

प्रहरीले सर्लाहीको हरिवनमा एम्बुलेन्सबाट लागुऔषध गाँजा बरामद गरेको छ । हरिवन नगरपालिका–५, घुर्कौलीस्थित हिरालाल टोलमा नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्बाको नाममा रहेको ज १ च १५५८ नम्वरको एम्बुलेन्सबाट लागुऔषध गाँजा बरामद भएको हो ।

एम्बुलेन्समा राखेर गाँजा ओसारपसार भइरहेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय हरिवनबाट प्रहरी परिचालन भएको थियो । एम्बुलेन्सलाई पछ्याउँदै जाँदा पछाडिपट्टीको भागमा बोराभित्र लुकाइ राखिएको ५१ किलो ५०० ग्राम लागुऔषध गाँजा बरामद भएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक चन्द्रकान्त अधिकारीले जानकारी दिएका छन् ।

प्रहरीले एम्बुलेन्स चालक रौतहटको यमुनामाई गाउँपालिका–४, सरुअठा बस्ने ३७ वर्षीय सुरेन्द्र राय यादवलाई नियन्त्रण लिएको छ । गएराति बरामद भएको गाँजा, एम्बुलेन्स र त्यसका चालकलाई इलाका प्रहरी कार्यालय हरिवनमा ल्याइ थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक अधिकारीले बताएका छन् ।

यसअघि इलाका प्रहरी कार्यालय सर्लाही लालबन्दीले शुक्रबार साँझ मात्र लालबन्दी नगरपालिका–११, हीरापुरबाट ५२ केजी गाँजासहित एउटा पिकअप भ्यान र एक जनालाई पक्राउ गरेको थियो ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.