Connect with us

समसामयिक

लेटाङकी अंशुको हत्यामा संलग्न छिमेकी सार्वजनिक गर्दै प्रहरी

Published

on

मोरङको लेटाङ नगरपालिकाकी १३ वर्षीया अंशु गौतम हत्या प्रकरणमा प्रहरीले छिमेकी पदम अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उनी गौतम हत्याका मुख्य आरोपी हुन् ।

लेटाङ नगरपालिका–२ फडानीकी १३ वर्षीया अंशु गौतमको घटनालगत्तै अधिकारी भारतको आसामस्थित तीनसुकिया पुगेका थिए । अनुसन्धानका क्रममा हत्यामा उनकै संलग्नता देखिएको प्रहरीले जनाएको छ ।

अधिकारीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ । अधिकारीले आफूले बालिका गौतमलाई हँसियाले रेटेर र खुकुरी प्रहार गरी हत्या गरेको बताएका प्रहरीले जानकारी दिएको छ । आसामबाट गत शुक्रबार राति घर फर्केका उनलाई प्रहरीले राति नै पक्राउ गरेको हो । अंशुका बुबा नवीन गौतमले उनीविरुद्ध किटानी जाहेरी दर्ता गराएको बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङले पत्रकार सम्मेलन गरी घटनाको विस्तृत जानकारी सार्वजनिक गर्ने तयारी गरेको छ । असोज २१ गते हत्या भएकी अंशुको शव १८ दिनपछि चिसाङ खोलानजिकैको जंगलमा फेला परेको थियो ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.