राष्ट्रिय प्रजातन्त्र पाटी (राप्रपा) का नेता ज्ञानेन्द्र शाही आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि पाँच क्षेत्रबाट सिफारिस भएका छन् ।
उनी जुम्लाबाट एकल सिफारिस भएका छन् । यसअघि उनी जुम्लाबाटै निर्वाचित भएका थिए ।
जुम्लाका अलवा शाही भक्तपुर–१, सुर्खेत–२, ललितपुर–१ बाट पहिलो नम्बरमा र रुपन्देही–२ बाट सातौँ नम्बरमा सिफारिस भएका छन् ।