Connect with us

राजनीति

रास्वपाको एकतामा छुटे कुलमान

Published

on

रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साहबीच सात बुँदे समझदारीपत्रमा हस्ताक्षर भएर बृहत एकता हुँदा कुलमान घिसिङ छुटाइएका छन् । हिजैदेखि रविले बालेनलाई कुलमानलाई पछि समेटौला भनेका समाचारहरु बाहिरिएका थिए ।

उज्यालो पार्टीको हिजै अपरान्हको बैठकमा कुलमान स्वयम्ले अस्तित्व नै नामेट गरेर एकता प्रकृयामा सहभागी हुन नसक्ने बताएका थिए । यद्यपि हिजो साँझ बालेन र कुलमानबीच फेरि वार्ता सुरू भएको थियो ।

त्यो वार्तामा पछि रवि समेत मिसिएका थिए । तर सम्झौता रवि र बालेनबीच मात्रै भयो । कुलमानको उज्यालो नेपाल पार्टीले एकताका नाममा आत्मसमर्पण नगर्ने अडान लिएको एक नेताले बिहानै बताएका छन् ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.