Connect with us

समसामयिक

सुमो दुर्घटना अपडेट: ६ जनाको मृत्यु, ३ जनाको उपचार हुँदै

Published

on

मकवानपुरको जुरीखेतमा सुमो दुर्घटना हुँदा घाइते भएका ९ जनामध्ये ६ जनाको मृत्यु भएको छ।

आज साँझ ५ः२० बजेतिरको समयमा भीमफेदी गाउँपालिका–६ जुरीखेतस्थित भीमफेदी–कुलेखानी–काठमाडौँ सडक खण्डमा सुमो गाडी दुर्घटनामा घाइते भएका मध्ये ६ जनाको मृत्यु भएको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) पुस्कर बोगटीले जानकारी दिएका छन्।

काठमाडौँबाट हेटौंडातर्फ आउँदै गरेको ना १ ज १७७८ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब १ सय मिटर तल खोल्सामा खसेको थियो।

मृतकहरुको पहिचान खुल्न बाँकी छ। सुमोमा सवार अन्य ३ जनाको हेटौँडा अस्पतालमा उपचार भैरहेको डीएसपी बोगटीको भनाइ छ ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.