राष्ट्रिय मानव अधिकार आयोगले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग बयान लिएको छ । आयोगको कार्यालयमा आइतबार बोलाइएका ओलीसँग साढे दुईघण्टा बयान लिइएको थियो ।
आयोग स्रोतका अनुसार आयोगले प्रधानमन्त्री ओलीलाई ३५ वटा प्रश्नको जवाफ सोधेको थियो । २३ भदौमा भएको जेनजी प्रदर्शनलाई केन्द्रमा राखेर आयोगले ओलीसँग बयान लिएको हो ।
त्यसबेला सुरक्षा परिषदको अध्यक्ष भएको, जिम्मेवारी, पदीय भूमिकालगायतका विषयमा करिब ३५ प्रश्न राखिएको ओ्लीको वयानका लागि प्रश्न बनाएका एक अधिकारले बताएका छन् ।