Connect with us

समसामयिक

साफ महिला च्याम्पियनसिपमा आज भारत र बंगलादेश भिड्दै

Published

on

जारी साफ महिला च्याम्पियनसिप अन्तर्गत आज भारत र बंगलादेश आमने सामने हुदै छन् ।

दशरथ रंगशालामा हुने यो खेल नेपाली समय अनुसार साँझ साढे ५ बजेदेखि शुरु हुने छ ।

समुह ए अन्तर्गतको यो खेल बंगलादेशका लागि महत्वपूर्ण रहेको छ । भारत यस समुहबाट सेमिफाइनलमा पुगिसकेको छ । भारतले पहिलो खेलमा पाकिस्तानलाई पराजित गरेपछि सेमिफाइनलमा पुग्ने निश्चित भएको हो । त्यस्तै आफ्नो पहिलो खेलमा पाकिस्तानसँग बराबरीमा रोकिएको बंगलादेश भारतसँग २ भन्दा बढी गोल अन्तरले पराजित नभएमा पनि सेमिफाइनलमा पुग्ने सम्भावना रहेको छ ।

अहिले शुन्य गोल अन्तरसहित एक अंक हासिल गरेको बंगलादेश दोस्रो स्थानमा छ भने -३ गोल अन्तरसहित एक अंक हासिल गरेको पाकिस्तान तेस्रो स्थानमा रहेको छ ।

बंगलादेश पाकिस्तानसँग १-१ गोलले बराबरीमा रोकिएका थिए भने भारतले पाकिस्तानलाई ५-२ ले पराजित गरेको थियो ।
  

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.