Connect with us

समसामयिक

वन क्षेत्रमा अवैध उत्खनन् गरेको आरोपमा पशुपति मुरारकासहित पाँच जनाविरूद्ध पाल्पा अदालतमा मुद्दा

Published

on

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकासहित पाँच जना र सिद्धार्थ मिनरल्स प्रालिविरूद्ध मुद्दा दायर भएको छ।

डिभिजन वन कार्यालय पाल्पाले वन क्षेत्र अतिक्रमण गरेको कसुरमा ६१ वर्षीय उद्योगपति मुरारकासहितका व्यक्तिमाथि मुद्दा दायर गरेको हो।

करिब ४० लाख रुपैयाँ बिगो तथा सजाय दाबी गर्दै वन कार्यालयले पाँच जनाविरूद्ध कारबाही गर्न माग गर्दै मुद्दा दायर गरेको हो।

मुद्दामा सिद्धार्थ बैंकका बहालवाला अध्यक्ष मनोज केडिया, राजेशकुमार अग्रवाल, जगदीश अग्रवाल र विनोद कुमार श्रेष्ठलाई  प्रतिवादी बनाइएको छ। 

वन क्षेत्र अतिक्रमण गरी अनुमति प्राप्त भएको क्षेत्र भन्दाबढी क्षेत्रमा चुनढुंगा उत्खनन् गरेको डिभिजन वन कार्यालय पाल्पा जनाएको छ।

मुद्दा दायर गरिएका सिद्धार्थ मिनारल्सको सञ्चालकमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष उद्योगपति पशुपति मुरारका छन्। प्रतिवादीमध्ये मुरारका बयानको लागि हाजिर भएका छन् भने अरू फरार सूचीमा छन्।

गैरकानुनी रुपले वन क्षेत्र अतिक्रमण गरी चुनढुंगा उत्खनन् गरेको कसुरमा डिभिजन वन कार्यालयले फरार प्रतिवादीलाई पक्राउ पुर्जीको मागसहित जिल्ला अदालत पाल्पामा कात्तिक २९ गते मुद्दा दायर गरेको हो। 

उनीहरूविरूद्ध ३९ लाख ६३ हजार ८५२ रुपैयाँ बिगो दाबी गरिएको छ। पाँच हेक्टर वन क्षेत्रको अनुमति दिइएकोमा प्रतिवादीहरूले ७ दशमलब २ हेक्टर वन क्षेत्र प्रयोग गरेको आरोप लगाइएको छ। 

पाल्पाको तिनाउ गाउँपालिका-३ श्रीडाँडामा १३ वर्षदेखि चुनढुंगा उत्खनन् गर्दै आएको सिद्धार्थ मिनरल्स प्रालिले खानी विभागको निर्देशनसमेत अटेर गरेर दोहन गर्ने गरेको छ।

सिद्धार्थ मिनरल्स र सञ्चालक मुरारकासँग २०७८ सालमै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४९ करोड ४५ लाख ५१ हजार ६४५ रुपैयाँ बिगो र जरिवानासहित भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

उक्त मुद्दामा गत मंसिर ६ गते पेशी तोकिएकोमा स्थगित भएको थियो। मुरारका भने चार लाख धरौटी बुझाएर छुटिसकेका छन्। 

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.