Connect with us

अन्तर्राष्ट्रिय

कतारको मध्यस्थतामा रुस-युक्रेनले लैजाने भए आ-आफ्ना बालबालिका

Published

on

कतारको मध्यस्थतामा कीभ र मस्कोबीचको पछिल्लो मानवीय आदानप्रदान हुने भएको छ । यस हप्ता ९ रुसी र युक्रेनी बालबालिकालाई उनीहरूका देशमा परिवारका साथमा फर्काइने भएको छ।

बालबालिकाका लागि रुसी आयुक्त मारिया लभोभा बेलोभाले बिहीबार पत्रकारहरूलाई बताइन् कि ६ देखि १६ वर्षका सात बालबालिकालाई रूसबाट युक्रेनमा नजिकका आफन्तहरूसँग बस्न पठाइने  सहमति भएको छ। उनका अनुसार ती युक्रेनी बालबालिकाहरू रसियामा फरक परिस्थितिमा बस्दै आएको बताइन्।

उनका अनुसार ती युक्रेनी बालबालिका धेरैजसो हजुरबुबा हजुरआमासँग बस्दै आएका थिए । जसमध्ये यद्यपि एक १६ वर्षीय किशोर रूसी अनाथालयमा बसिरहेको थियो। उता ७ र ९ वर्षका दुई बालबालिका पनि युक्रेनमा धेरै वर्षसम्म अभिभावकसँग बसेपछि रसिया फर्किन लागेको बताइन्।

कतारले जारी गरेको एक विज्ञप्ति अनुसार बालबालिकाको फिर्तामा मध्यस्थकर्ताको रूपमा आफ्नो भूमिका अन्तर्राष्ट्रिय कानूनका सिद्धान्तहरू अनुसार शान्तिपूर्ण माध्यमबाट मध्यस्थता र द्वन्द्व समाधानको दृष्टिकोणको विस्तार हो।

यस वर्षको सुरुमा कतारले युक्रेनमा रहेका २२ बालबालिकालाई उनीहरूको रूसमा रहेका परिवारमा फिर्ता गर्न वार्ता गर्न पनि मद्दत गरेको थियो।


Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.