Connect with us

समसामयिक

नेपालले नामिबियालाई दियो ९३ रनको लक्ष्य

Published

on

नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले नामिबियालाई ९३ रनको लक्ष्य दिएको छ ।

युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा आजदेखि शुरुभएको चार देशीय सिरिज अन्तर्गत नेपालले नामिबियाविरुद्ध टस जितेर पहिला ब्याटिंग गर्दै १९.५ ओभरमा ९२ रन बनाएर अल आउट भएको हो । 

नेपालका लागि सम्झना खड्काले सर्बाधिक १८ रन बनाएकी थिइन् भने कबिता जोशीले १६, पुजा महतोले १३ रन बनाएकी थिइन् ।

त्यस्तै नामिबियाका बलर विलका एमवाटिल र मेकेलाय एमवाटिलले ३-३ विकेट लिएका थिए भने कायलीन ग्रिनले २ विकेट लिएकी थिइन् ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.