Connect with us

समसामयिक

पौडी खेल्ने क्रममा टेकु दोभानमा बालक बेपत्ता

Published

on

काठमाडौँ महानगरपालिका–१२, टेकु दोभान स्थित वंशिघाट बाग्मती नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका बालकको खोजीकार्यको लागि सशस्त्र प्रहरी परिचालन भएको छ । टेकु दोभानमै बस्ने ८ वर्षीय सुदीप गौतम पौडी खेल्ने क्रममा आज अपरान्ह नदीमा डुबेर बेपत्ता भएको जानकारी दिइएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. १८ निलवाराही गण काठमाडौँबाट सशस्त्र प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा विपत् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज बालकको खोजीकार्यमा परिचालित भएको सशस्त्र प्रहरीका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन् ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.