Connect with us

समसामयिक

किशोरावस्था एचपिभी खोप लगाउँदा प्रभावकारी

Published

on

तनहुँ जिल्लामा पाठेघरको मुखको क्यान्सर रोगविरुद्ध एचपिभी खोप अभियानमा १४९ स्वास्थ्यकर्मी परिचालन गरिने भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँका प्रमुख अमर दवाडीका अनुसार जिल्लाका दश स्थानीय तहमा १४९ स्वास्थ्यकर्मी परिचालन गरी खोप अभियान सञ्चालन गर्न लागिएको हो ।

माघ २९ र फागुन १ गते व्यास नगरपालिका, भिमाद नगरपालिका, बन्दीपुर गाउँपालिका र देवघाट गाउँपालिकामा खोप अभियान सञ्चालन हुनेछ । यस्तै फागुन ४ र ५ गते भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका, ऋषिङ गाउँपालिका, घिरिङ गाउँपालिका, म्याग्दे गाउँपालिका र आँबुखैरेनी गाउँपालिकामा खोप अभियान सञ्चालन हुनेछ ।

दुई हजार ६२५ जना किशोरीलाई एचपिभी खोप लगाइने दवाडीले बताएका छन् । हाल विद्यालय जाने कक्षा ६ का छात्रा, गत आर्थिक वर्षमा छुट भएका हाल कक्षा ७ देखि १० मा अध्ययन गर्दै गरेका छात्रा, हाल विद्यालय नजाने १० वर्ष उमेरका किशोरी, गत आर्थिक वर्षमा छुट भएका विद्यालय नजाने हाल ११ देखि १४ वर्षका किशोरीलाई उक्त खोप लगाउन लागिएको दवाडीले बताए । गत वर्ष जिल्लाका १४ हजार १३५ किशोरीलाई उक्त खोप लगाइएको थियो ।

व्यास नगरपालिकाका ७७६, भानु नगरपालिकाका २४४, शुक्लागण्डकी नगरपालिकाका ४६३, भिमाद नगरपालिकाका २५८, म्याग्दे गाउँपालिकाका १३६, घिरिङ गाउँपालिकाका १०२, ऋषिङ गाउँपालिकाका ११७, देवघाट गाउँपालिकाका ११८, बन्दीपुर गाउँपालिकाका १६६, आँबुखैरेनी गाउँपालिकाका २४५ किशोरीलाई खोप लगाइने दवाडीको भनाइ छ ।

व्यास नगरपालिकामा २३, भानु नगरपालिकामा १३, शुक्लागण्डकी नगरपालिकामा २३, भिमाद नगरपालिकामा २३, म्याग्दे गाउँपालिकामा ११, घिरिङ गाउँपालिकामा आठ, ऋषिङ गाउँपालिकामा २०, देवघाट गाउँपालिकामा नौ, बन्दीपुर गाउँपालिकामा १३, आँबुखैरेनी गाउँपालिकामा छ स्वास्थ्यकर्मी परिचालन गरिनेछ । नेपालमा हरेक वर्ष दुई हजार १६९ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुन्छ भने अनुमान गरिएको छ ।

हरेक वर्ष एक हजार ३१३ महिलाको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने जनाइएको छ । महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो मुख्य कारण रहेको र क्यान्सरबाट महिलाको मृत्यु हुने पहिलो मुख्य कारण रहेको छ । पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप प्रारम्भिक किशोरावस्थामा दिँदा बढी प्रभावकारी हुने स्वास्थ्यकर्मी बताउँछन् ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.