Connect with us

अर्थ

नेपाल लाइफ इन्स्योरेन्सको नाफामा वृद्धि

Published

on

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ४६ करोड ८१ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा ९.४५ प्रतिशतले धेरै हो । गत वर्ष यस कम्पनीले ४२ करोड ७७ लाख रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी पनि २३.३० प्रतिशत बढेर ९ अर्ब २२ करोड रुपैयाँ पुगेको छ ।  यता, खुद बिमा शुल्क आर्जन पनि १२.२६ प्रतिशतले बढेर २२ अर्ब १२ करोड रुपैयाँ पुगेको छ । 

यसको जीवन बिमा कोषको आकार २ खर्ब १८ अर्ब ४१ करोड रुपैयाँ भन्दा धेरैको छ । चुक्ता पुँजी ८ अर्ब २० करोड ७९ लाख रुपैयाँ रहेको यसको रिटेन्ड अर्निङमा २ अर्ब ३८ करोड रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी थोरैले बढेर ११ रुपैयाँ ४१ पैसा कायम भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ ५१ पैसा छ ।
 


Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.