Connect with us

राजनीति

पाँच वटा संसदीय समितिको बैठक बस्दै

Published

on

संघीय संसद्अन्तर्गतका पाँच वटा विषयगत समितिको बैठक आज (४, साउन) मा बस्दै छ । प्रतिनिधिसभाअन्तर्गतका तीन वटा समिति र राष्ट्रियसभाअन्तर्गतका दुई वटा समितिको बैठक बस्ने संसद् सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक दिउँसो १ बजे बस्दै छ । बैठकमा विश्वव्यापी आवधिक समीक्षाका विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग छलफल गरिनेछ ।

त्यसअघि, बिहान ११ बजे महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै छ । बैठकमा मधेसी आयोगको वार्षिक प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ बजे नै बस्दै छ । बैठकमा मिडिया काउन्सिल विधेयकमाथि सैद्धान्तिक छलफल गरिनेछ ।

राष्ट्रियसभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान साढे ११ बजे बस्दै छ । बैठकमा राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित प्रतिवेदनमाथि छलफल गरिनेछ ।

राष्ट्रियसभाअन्तर्गतकै विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि दफावार छलफल गरिनेछ ।

यी बैठक सिंहदरबारस्थित सम्बन्धित समितिका सभाकक्षमा बस्ने संसद् सचिवालयले जनाएको छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.