Connect with us

अर्थ

नेपाल फाइनान्सले कमायो २ करोड नाफा

Published

on

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नेपाल फाइनान्सले नाफा कमाएको छ । कम्पनीले २ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको हो । यो नाफा गत वर्षको भन्दा २४२५.१२ प्रतिशतले धेरै हो । गत वर्ष यसले ८ लाख १२ हजार रुपैयाँ मात्र नाफा कमाएको थियो । यो त्रैमाससम्म आइपुग्दा कम्पनीको खुद ब्याज आम्दानी १२.१५ प्रतिशत र सञ्चालन नाफा ३५०७.७० प्रतिशतले बढेको छ । यसले गर्दा कम्पनीको नाफा बढ्न टेवा पुगेको छ । 

हाल यसको चुक्ता पुँजी ७२ करोड ९९ लाख रुपैयाँ रहेको छ । यसको रिजर्भ कोषमा भने ४८ करोड २१४ लाख रुपैयाँ रहेको छ । कम्पनीको खराब कर्जा पनि १०.५२ प्रतिशतबाट थोरै घटेर १०.४६ प्रतिशत भएको छ । यता, कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । यसको प्रतिसेयर आम्दानी २२ पैसाबाट बढेर ५ रुपैयाँ ६२ पैसा (वार्षिक) कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ ०७ पैसा छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.