Connect with us

समसामयिक

तीनकुनेमा तीन वटा गाडी जुध्दा एक जनाको मृत्यु, तीन घाइते

Published

on

तीनकुनेमा तीन वटा सवारीसाधन आपसमा जुध्दा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा नुवाकोट घर भई ललितपुर धोबीघाट बस्ने २३ वर्षीया नगिना तामाङ रहेकी छिन्।

उनको उपचारको क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा बिहीबार बिहान ७ बजे मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकरी दिए।

बिहीबार बिहान ६:३५ मा काठमाडौं-३२ तीनकुनेस्थित सडकमा बा३ख ७०६२ नम्बरको बस, बा.प्र.०१-०२६च २९२७ भ्यान र बा.प्र.०२-३८४७ नम्बरको मोटरसाइकल आपसमा जुधेका थिए। बानेश्वरबाट तीनकुने गइरहेको बसले सुरूमा भ्यानलाई ठक्कर दिएको र त्यसपछि भ्यानले मोटरसाइकललाई ठक्कर दिएको बोहराले बताए।

मोटरसाइकलको पछाडि बसेकी तामाङ गम्भीर घाइते भएकी थिइन्। दुर्घटनामा मोटरसाइकल चालक रामेछाप घर भई नयाँबजार बस्ने २७ वर्षीय पदम थापामगर, भ्यान चालक शान्तिनगर बस्ने ३५ वर्षीय रत्नबहादुर सार्की र बसमा सवार दोलखाकी २४ वर्षीया मेनुका बुढाथोकी घाइते छन्।

घाइते चालकको ट्रकमा सेन्टरमा र अन्य दुईको कान्तिपुर अस्पतालमा उपचार भइरहेको छ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.